लायन्स क्लब अफ काठमाडौं डाँफेले भाद्र २७ गते रक्तदान कार्यक्रम गर्ने

लायन्स क्लब अफ काठमाडौं डाँफेले भाद्र २७ गते रक्तदान कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं, भाद्र २२ । सामाजिक तथा मानवीय सेवामा निरन्तर सक्रिय रहदै आएको लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफेले नियमित रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।हरेक तीन तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको लायन्स क्लब अफ काठमाडौँ डाँफेले रक्तदान जीवनदान, रक्तदान महादान ,रक्तदान पुण्यकाम भन्ने मूल नाराको साथमा भाद्र २७ गते शनिबार चामुण्डा माध्यमिक बिद्यालय परिसर नारायणटारमा बिहान १० बजे देखि २ बजे सम्म आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले संचालन गर्न लागिएको सो रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरि मानवीय पुण्य आर्जन गर्न आयोजकले  अनुरोध गरेका छन् ।

 कोरोना महामारीका सरकारले लागु गरेको निषेधाज्ञाका कारण स्वास्थसंस्थाहरुमा रगतको अभाव बढ्दो क्रममा छ। रक्तदान जीवनदान,रक्तदान महादान,रक्तदान पुण्यकाम भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै यो समयलाई सदुपयोग गर्ने सोचले सामाजिक दुरी कायम तथा सावधानी अपनाही सुरक्षित ढंगले रक्तदान र रक्त संकलन गरि रक्तदान कार्यक्रमलाई सफल बनाउन सहयोग गरिदिन आयोजकले सबैमा अपिल गरेको छ ।

तपाइँको प्रतिक्रिया ।