सुनौलो पाइला संस्था गोकर्णेश्वर ९ को दोस्रो बार्षिकोत्सव सम्पन्न

सुनौलो पाइला संस्था गोकर्णेश्वर ९ को  दोस्रो बार्षिकोत्सव सम्पन्न

कपन अनलाइन

काठमाडौँ,भाद्र २२ । बिपन्न तथा असाहय बालबालिकाहरुको उज्ज्वल भबिष्यलाइ सुनौलो बनाउने  उदेश्यले २०७५ सालमा स्थापना भएको सुनौलो पाइला संस्थाले भाद्र १९ गते  दोस्रो वार्षिकोत्सव संस्थामै सिमित ब्यक्तिहरु बीच मनाएको छ । गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा रहेको सो संस्थाले  गत वर्ष पिस ब्यान्केटमा सी एन एन हिरो अनुराधा कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको पहिलो वार्षिकोत्सव यस वर्ष कोभिड १९ को कारण संस्थाका सिमित पदाधिकारी र सुनौलो पाइला संस्थामा रहेका बालबालिकहरु बीच मनाइएको छ ।

उक्त कार्यक्रमको सुनौलो पाइलाको फेसबुक पेज बाट लाइभ समेत गरिएको थियो सो कार्यक्रम संचालन   सुनौलो पाइला संस्थाकी  सचीव अमृता के सि ले संचालन गरेकी थिइन् कार्यक्रमको उद्घाटनसंस्थाकी अध्यक्ष रोजिना बिष्ट रोजले पानसमा दिप प्रज्वलन सहित गरेकी थिइन् ।

 

कार्यक्रममा बोल्दै अध्यक्ष बिष्टले अहिलेको परिस्थितिले पर्न गएको अप्ठ्यारोहरु र यस विषम परिस्थितिमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै  । हरेक बर्ष समाजिक सेवामा अग्रसर व्यक्तित्वलाई गरिने सम्मान यस बर्ष पनि निरन्तरता दिने र यस बर्ष  कोरोना रोकथाम तथा नियन्त्रण संगै  आफ्नो ज्यानको बाजी  राखेर समाजिक कार्यमा अग्रसर भएका एक व्यक्तिलाई सम्मान गर्ने भनिएता पनि कोरोना महामारीका कारण केहि ढिला हुने जानकारी गराएकी थिइन्  ।

कार्यक्रममा उक्त संस्थामा रहेका बालबालिकाहरुले नृत्य  प्रस्तुत गरेका थिए। कार्यक्रमको अन्त्यमा केक काटिएको थियो  ।हाल सो संस्थामा १५ जना बालबालिकाहरुले आश्रय लिइरहेका छन।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।