गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा आकस्मिक रक्तदान सम्पन्न

गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा आकस्मिक रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ,भाद्र २२ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। अत्तरखेल युवा समाज र अत्तरखेल महिला समाजको संयुक्त आयोजनामा रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा  आकस्मिक रक्तदान सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं ८ अत्तरखेलमा बिहान ८ बजे देखि १० बजे सम्म गर्ने भनिए पनि रक्तादाताहरुको चापका कारण १२ :३०   बजे सम्म  आवश्यक सुरक्षा मापदण्ड अपनाएर सुरक्षित तवरले  संचालन गरिएको सो रक्तदान कार्यक्रममा ९८ जनाले रक्तदानको लागि नाम दर्ता गरे पनि स्वास्थ्य लगायत बिबिध कारणले गर्दा ६५ जनाले रक्तदान गरेको अत्तरखेल युवा समाजका अध्यक्ष सुमन लामाले कपन अनलाइनलाइ जानकारी गराए  ।

कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण भएको रगतको अभाबलाइ पुरा गर्न केहि भए पनि सहयोग हुने बिश्वासका साथ रक्तदान कार्यक्रम आयोजना  गरिएको बताउदै रक्तदान गर्न इच्छुक भए पनि धेरै ब्यक्तिको स्वास्थ्य तथा अन्य कारणले गर्दा रक्तदान गर्न नपाएको उनले  बताए।महामारीको समयमा पनि रक्तदान गर्ने सबैलाई आयोजकले धन्यबाद दिएको  छ ।सो कार्यक्रममा प्रतिनिधि सभा सदस्य कृष्ण राइ जिल्ला समन्वय समिति काठमाडौंकि सदस्य सान्नानी लामा गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना नेपाल आइडल सिजन ३ कि बिजेता सज्जा चौलागाई  लगायत आयोजक संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो  ।

तपाइँको प्रतिक्रिया ।