सरकार काेराेना नियन्त्रण गरेर अर्थतन्त्रलाई विनाशमा जानबाट जाेगाउन प्रयत्नशील छ:प्रधानमन्त्री केपी ओली

सरकार काेराेना नियन्त्रण गरेर अर्थतन्त्रलाई विनाशमा जानबाट जाेगाउन प्रयत्नशील छ:प्रधानमन्त्री केपी ओली

कपन अनलाइन

काठमाडौं ,भाद्र २२।

प्रधानमन्त्री तथा अर्थमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रका नेतृत्वकर्ताहरूसँग सुझाव र परामर्शका लागि आयाेजना गरेको  छलफल कार्यक्रम सम्पन्न भएकाे छ।
उक्त अवसरमा भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतिस माेर, हरिभक्त शर्मा र शेखर गाेल्छाले निजी क्षेत्रका नेतृत्वहरूकाे तर्फबाट आ आफ्ना सुझावहरू प्रस्तुत गरेका थिए।

त्यसक्रममा उद्योगी व्यवसायीहरूले निषेधाज्ञा खुकुलाे पारेर अर्थतन्त्रलाइ चलायमान गर्न र काेराेनालाई हाैवाकाे विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरेका थिए।
सो छलफलमा  नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय याेजना आयाेगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले निजी क्षेत्रका सराेकार, अपेक्षा र प्राप्त सुझावहरूमा सरकारले यसबेला चालेका विभिन्न कदमहरू, गरेकाे अध्ययन र संबाेधनकाे बारेमा स्पष्ट  पारेका थिए ।
आफ्नाे संबाेधनका क्रममा प्रधानमन्त्रीज्यूले नागरिककाे जीवन बचाउन नै मुख्य रूपमा ध्यान दिइएको स्पष्ट पार्नुहुँदै स्वतन्त्रताको असन्तुलित वकालतले गर्दाचाहिं धेरै ठूलाे क्षति भाेग्नुपर्नेतर्फ सबैकाे ध्यानाकर्षण गराउदै  अर्थतन्त्र नकारात्मक अवस्थामा पुगिनसकेकाे समेत उल्लेख गरेका थिए।

प्रधानमन्त्री ओलीले  नेपाली जनता कसैलाई भाेकै बस्न नदिन सरकार लागिपरेकाे बताउनु हुँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहहरूसमक्ष वास्तविक समस्या राख्नसमेत आव्हान गरेका थिए।

प्रधानमन्त्रीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेकाे प्रष्ट्याउँदै केवल कर असुलीमा मात्र ध्यान नदिइएकाे तथ्यमा पनि प्रकाश पार्दै  काम गरेर खान नेपालमा समस्या नरहेकाे स्थितिलाई पनि प्रस्ट पारेका थिए । 

 भाैतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण नरहेको अवस्था बुझेर देशभित्र क्रियाशील हुन युवाहरुलाई आव्हान गर्दै प्रधानमन्त्री ओलीले   भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैठाै मुलुक नेपाल रहेकाे यथार्थले नेपालमा  कामकाे कमी छैन भन्ने देखाउने कुरालाई मनन गर्नका लागि आग्रह गरेका थिए।

तपाइँको प्रतिक्रिया ।