“युद्द”(कविता )

“युद्द”(कविता )

कपन अनलाइन 

काठमाडौं भाद्र १८ /यशराज गौतम 

यो युद्ध कस्तो रटायो हरिले, आक्रान्त संसार भरि ।
निर्मम लछार-पछार रणमा, अकाल निम्त्यो बेसरी ।।

गोला बारुद देखेर काहाँ पो, रोकिन्छ तेस्को गति ।
बुढा बालक जवान नभनि, अँठ्यायो भेट्टिए जति ।।

नाक मुख हुँदै घुसेर नलिमा, फोक्सो खाने कटकटी ।
ज्वरोले निस्पट्ट आधा रातमा, किला घोचे झै छटपटी ।।

खानु पिउनु परको कुरा हो, हावा निल्न नि सारो छ ।
स्याहार सुसार डर भो सरने, सदगत पाउन नि गारो छ ।।

पैसा शक्ति प्रताप र करुणा, धिक्कार बन्यो सम्पत्ति ।
मान्छे देखि पनि डराउछ मान्छे, कस्तो अभाग नियती ।।

मान्छे बिरुद्ध जुटेको कणले, कपटको लडाई लड्दैछ ।
हेलचेक्राई किमार्थ नगर्नु हेरि, दुस्मन अगाडि बड्दैछ ।।

(कवि बुढानिलकण्ठ नगरपालिका वडा नं ११ जगडोलका स्थायी बासिन्दा एबम सामाजिक अभियन्ता समेत हुन् )

https://www.facebook.com/yashgeee/videos/3232241700148433/?t=5

 

तपाइँको प्रतिक्रिया ।