नेपाली कांग्रेसमा विचारको बहस शुन्यप्राय छ

नेपाली कांग्रेसमा विचारको बहस शुन्यप्राय छ

कपन अनलाइन 

काठमाडौं ,भाद्र १३ /बद्री भट्टराई

एक विश्व प्रसिद्ध राजनीति शास्त्रका प्राध्यापक एडम पेर्जवस्र्कीले आफ्नो पुस्तक “डेमोक्रेसी एण्ड डेभलपमेन्ट”मा गरेका तर्क पोलिटिकल इन्स्टिच्युसन एण्ड वेललिङ्गइन्द द वोर्ल्डका आधारमा नेपालको राजनीतिमा सान्दर्भिक  देखिन्छ । उनले भनेका छन : राजनैतिक संस्थाको इमान्दारीता, पारदर्शिता र जवाफदेयीताले नै विकास र लोकतन्त्र फस्टाउने आधारको जग बसाउछ । राजनीति फितलो र निहित स्वार्थकेन्द्रीतहुदै अफ ट्रयाक भयो भने न विकास सम्भव हुन्छ न लोकतन्त्र नै फस्टाउछ ।
नेपालको सन्दर्भमा  लोकतन्त्रको जग मान्ने नेपाली काँग्रेसको राजनीति र आधुनिक कम्युनिष्ट सिद्धान्तका आधारमा पनि लोकतन्त्रलाई आत्मसाथ गर्दै गइरहेको नेकपाको राजनीतिको विचमा विकास र सैद्धान्तीक बहस शुन्य बनेको छ । सिद्धान्त र विचार बाट स्खलित राजनीतिले नै सक्रमणलाई जन्माउछ । संक्रमणका कारण नै राजनीतिमा व्यक्तिगत स्वार्थ, नातावाद,कृपावाद, भ्रष्टाचार र विचौलियाले फस्टाउने अवसर पाउछ । जुन नेपाली राजनीतिमा स्पष्ट देखिन्छ ।
यसको निधान कसरी हुन सक्छ । यसको निधानको एउटै उपायहो पार्टीको शुद्धिकरण ,यो कसरी सम्भव छ । यसको वैधानिक मार्ग भनेको पार्टीको अधिवेशन हो । अहिले एकातर्फ लोकतन्त्रको बहस गर्ने नेपालीकाँग्रेस र कम्युनिष्ट सिद्धान्तको केन्द्रीयता बोकेको नेकपाको अधिवेशनको सरगर्मी बढेको छ ।
चर्चा नेपाली काँग्रेसको आसन्न १४ औ महाधिवेशनको , वर्तमान पार्टी सभापति शेरवहादुर देउवा दोस्रो पटक सभापतिको नेतृत्व लिन अग्रसर भएको धेरै संकेतहरु आइसकेका छन । समकालिन राजनीतिका सहयात्री रामचन्द्र पौडेल दोस्रो पटक पनि शेरवहादुर देउवा संग निर्वाचन लड्न सक्ने आंकलन पनि छदैछ । यस विचमा सभापतिका धेरै आंकाक्षीहरु मैदानमा देखिएका छन ।

अधिकांश अनुहारहरुको एउटै महत्वपूर्ण तर्क छ , म मात्रै शेरबहादुर देउवालाई पराजित गर्न सक्छु । पूर्व महामन्त्री तथा उपप्रधानमन्त्री समेत भइसकेका प्रकाशमान सिह, वर्तमान महामन्त्री  शंशाक कोइराला , देखी बिमलेन्द्र  निधि , शेखर कोइराला, कृष्ण प्रसाद सिटौला हुदै दोस्रो पुस्ताका गगन थापा सम्मको कडा चुनौति रहेको छ ।
देशको एक मात्रै लोकतान्त्रीक पार्टीको संज्ञा दिने नेपाली काँग्रेसको वर्तमान अवस्था उत्साहजनक हुन सकेको छैन । भविष्यको स्पष्ट मार्गचित्र पनि छैन । यो अवस्थाको जिम्मेवारी केबल पार्टी सभापति शेरवहादुर देउवालाई मात्रै देखाएर उल्लेखित नामहरु त्यहाँ बाट भाग्न सक्ने अवस्था छैन । यर्सथ नेपाली काँग्रेसको समस्या भनेको केबल आफु ठिक, आफ्नो क्षमता मात्रै अब्बल अनि आफु विनाको काँग्रेस बलियो नहुने भ्रमपूर्ण विवेचना नै अहिलेको समस्या हो ।

लौह पुरुष गणेशमानसिह देखी निष्ठाका मुर्ती किसुनजी जस्ता नेताहरुले आँशु खसालेर पार्टी छोड्नु परेको यर्थाथ नव काँग्रेसीजनलाई थाहा नभएको होइन । तत् पश्चात पनि पार्टी सञ्चालन भइरहेको छ । यद्यपी त्यो कालजयी नामहरुको अभाव र सैद्धान्ती विचलनले नेपाली काँग्रेसलाई कता लागिरहेको छ भन्ने अवस्थाको मुल्याकन चाँहि सहज छैन ।
नेपाली काँग्रेसको यो अधिवेशनको एउटा आवाज शेरवहादुरको विकल्प खोजौ , एउटा पुस्ताको तर्क यहि छ ,अर्को पुस्ता ६५ कटेकाहरुलाई विश्राम दिनुपर्ने बताउछ , अनि संगै एक अर्को तप्का छ जो अनुभवर जोशको समिश्रण बाट नेतृत्व खोज्नुपर्ने बताउछ । यहि विचारहरुको विचमा आगामी एक वर्ष भित्र १४ औं महाधिवेशनहुने निश्चित छ ।

यहाँ केहि प्रश्नहरुको उठान आवश्यक देखिन्छ :
पहिलो
के शेरबहादुर देउवाको एकल नेतृत्वका कारण कमजोर भएको हो ?यदि त्यसो हो भने उनका निर्णयमा ५ वर्ष देखि हस्ताक्षर गरेर ५ वर्ष ६ महिनामा गरिएको विरोधको कुनै तुक रहन्छ ।
दोस्रो 
उमेरका आधारमा नेतृत्व लिने हो भने समकालिन ६५ कटेका नेताहरुको आत्मनिर्णय किनहुन सक्दैन, जो शेरवहादुर देउवलाई मात्रै समस्या देख्छन । अरुलाई छोडौ भन्नेहरुले मैले छोड्ने निर्णय गरेँ भन्ने समाचार किन आउन सकिरहेको छैन ।

तेस्रो 
विचार र सिद्धान्तलाई लत्याएर केबल कसैको जितहारमा नेपाली काँग्रेसलाई भविष्यमा बलियो पार्छु भन्ने क्षमता बोकेको कोहि छ भने उसले वैचारीक बहसको सुरुवात गर्नु जरुरी छ , जुन कुरा नेपाली काँग्रेसमा शुन्य प्रायः भइसकेको छ। नेपाली काँग्रेसको १४ औं अधिवेशन शेरबहादुर देउवाका विरुद्ध वा उमेरको लहडमा भन्दा पनि क्षमतावानहरुको विचार र नेतृत्वको एजेण्डामा बहस हुनु जरुरी छ ।

अन्यथा आज शेरबहादुर देउवा विरुद्ध विषवमन गर्ने केन्द्रीय सदस्यहरुलाई जिल्ला नेतृत्वले , जिल्ला नेतृत्वलाई क्षेत्रीय नेतृत्वले अनि क्षेत्रीय नेतृत्वलाई नगर अनि इकाईले गरिरहेको विषवमनका समाचारहरु प्रत्येक दिन सामान्य भइसकेका छन ।
तर्सथ विचारलाई केन्द्रीयतामा राखेर जनताले प्रत्यक्ष अनुभुत गर्ने सक्ने नेतृत्व आजको आवश्यक्ता हो ।गाली, पूर्वाग्रह, व्यक्तिगत आरोप तथा कुण्ठाले काँग्रेस न परिर्वतन हुन सक्छ न परिमार्जित हुन्छ ।
यस तर्फ ध्यानदिन सकेको खण्डमा मात्रै प्रा.एडम पेर्जवस्र्कीले उनको पुस्तक“डेमोक्रेसी एण्ड डेभलपमेन्ट”मा गरेका तर्क अनुरुप राजनैतिक संस्थाको इमान्दारीता, पारदर्शिता र जवाफदेयीताले नै विकास र लोकतन्त्र फस्टाउछ भन्ने आधारको जग बसाउछ । यो जग बसाउने अभियान नै नेपाली काँग्रेसको १४ औं महाधिवेशनको एजेण्डा बन्नु पर्छ ।

करिब २२ प्रतिशत जनसंख्या गरिबीको रेखामुनी रहेको देशमाआमनागरीकको आर्थिक हैसियत बलियो बनाउन सुशासन नै पहिलो र अनिवार्य सर्त हुन्छ । सुशासन विनाको संघीयता र आर्थिक व्यवस्थापन विनाको ७६१ सिंहदरबारहरु कार्यान्वयनको चरण नेपाली नागरीकको लागि कष्टकर रहेने पक्का छ ।
असम्भव शब्दप्रयोग नगरिकन भन्नु पर्दा वर्तमान सरकार, राजनैतिकदल र राजनीतिक वैचारीक विचलनका विचमा संघीयता कार्यान्वयनको सपना फलामे चिउरा हो भन्नु अत्युक्ति नहोला ।

तपाइँको प्रतिक्रिया ।