ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) गोकर्णेश्वर नगर कमिटिको आकस्मिक रक्तदान सम्पन्न

ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) गोकर्णेश्वर नगर कमिटिको आकस्मिक रक्तदान  सम्पन्न

कपन अनलाइन

काठमाडौं,भाद्र १३। ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) गोकर्णेश्वर नगर कमिटिको  आकस्मिक रक्तदान कार्यक्रम आज सम्पन्न भएको छ।रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा कोरोना महामारीको कारण सरकारले गरेको निषेधाज्ञाको कारण रक्त संचार केन्द्रमा भएको रगत अभाबलाइ परिपूर्ति गर्न सहयोग पुगोस भनेर आज बिहान गोकर्णेश्वर नगरपालिकावडा नं ५ चामुण्डा मन्दिर परिसरमा १० बजे देखि आवश्यक सुरक्षा मापदण्ड अपनाएर गरिएको उक्त कार्यक्रममा ३२ पिन्ट रगत संकलन भएको ब्लड डोनर एसोसिएसन नेपाल (ब्लोदान) नेपाल गोकर्णेश्वर नगर कमिटिका अध्यक्ष गोबिन्द काफ्लेले बताए ।

कोरोना प्रकोपका कारण उपचार र अस्पतालमा रहेका व्यक्तिहरुलाई आवस्यक परेको रगतको अभाव पूर्ति गर्नका लागि रक्तदान गर्न आव्हान गरिएको जानकारी गराउदै उनले अहिलेको विषम परिस्थितिमा आपतकालीन मनवीय सेवाका रुपमा  रक्तदान गर्ने सबैलाई धन्यवाद दिएका छन्।

साथै उनले उक्त रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने गोकर्णेश्वर नगरपालिका ५ र ६ का वडा अध्यक्ष नारायण सुवेदी , रमेश अर्याल , महानगरिय प्रहरी बृत्त बौद्ध, चामुण्डा क्षेत्र बिकास समितीका अध्यक्ष बिमल मान श्रेष्ठ , धुर्ब सुवेदी , ब्लोदान को केन्द्रिय सद्स्य बालकृष्ण श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी केन्द्र लगायत सम्पुर्ण ब्लोदान गोकर्णेश्वर नगर समितिका पदाधिकारी सहित सबैलाई धन्यबाद दिएका छन् ।

तपाइँको प्रतिक्रिया ।