जिल्ला र स्थानीय तहमा आन्दोलनको तयारी गर्न नेपाल राहत शिक्षक केन्द्रीय समितिको निर्देशन

जिल्ला र स्थानीय तहमा आन्दोलनको तयारी गर्न नेपाल राहत शिक्षक केन्द्रीय समितिको निर्देशन

कपन अनलाइन

काठमाडौं ,भाद्र ७।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले ७ प्रदेस र ७७ जिल्ला समिति सहित सम्पूर्ण स्थानीय तहका समितिलाई आन्दोलनको तयारी गर्न निर्देशन दिएको छ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले सर्कुलर जारी गर्दै दरवन्दी मिलानमा राहत शिक्षकलाई विभेद गरेको भन्दै आन्दोलन समिति गठन गरेर तालावन्दी गर्नका लागि मातहतका समितिलाई निर्देशन दिएको छ।

समितिका केन्द्रीय अध्यक्ष खेमराज अधिकारी र महासचिव कुमार बजगाईले जारि गरेको विज्ञप्तिमा दरवन्दी मिलानको नाममा राहत शिक्षकलाई आतंकित नपार्न आग्रह गरेको छ।

हेर्नुहोस विज्ञप्ति :

फोटो सौजन्य :शंकरराज न्यौपाने

तपाइँको प्रतिक्रिया ।