सुन्दरीजलमा महिलाको शव भेटियो , पहिचानका लागि प्रहरीको अनुरोध

सुन्दरीजलमा महिलाको शव भेटियो , पहिचानका लागि प्रहरीको अनुरोध

कपन अनलाइन

काठमाडौं , भाद्र ५।

आज अन्दाजी ४० बर्षको महिला
शव बागमती सुन्दरीजलमा भेटिएको छ। उक्त शवको पहिचान हुन सकेको छैन।हाल शवलाई पोस्टमार्टमको लागि टिचिङ्ग अस्पताल पठाइएको महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका इन्चार्ज प्रहरी नायब निरीक्षक अर्जुन गिरिले बताएका छन ।

हाल सम्म सनाखत हुन नसकेकोले कसैलाइ निज महिला बारे जानकारी भए नजिकैको प्रहरीलाइ खबर गरिदिनु हुन प्रभाग इन्चार्ज गिरिले अनुरोध गरेका छन।

(यो फोटो सुन्दरीजल  प्रहरीको अनुरोधमा पहिचानका लागि राखिएको हो)

तपाइँको प्रतिक्रिया ।