श्री गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर ४ ले कोभिड बिमा गर्ने

श्री गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वर ४ ले कोभिड बिमा गर्ने

कपन  अनलाइन

काठमाडौँ, भाद्र ५ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ हनुमान चोकमा संचालित श्री गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नियमित सदस्यहरुको  कोभिड बिमा गर्ने  भएको छ ।हिन्दु महिलाहरुको महान तथा पबित्र चाड तिज २०७७ को उपलक्ष्यमा श्री गोकर्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले सम्पुर्ण महिला दिदि वहिनीहरुलाई हार्दिक शुभकामना व्यक्त  गर्दै  तीजको उपलक्ष्यमा संस्थाका समुर्ण महिला सदस्यहरुको  रु.५०,०००. को   कोभिड १९ बीमा गरिने  जानकारी गराएको छ  ।

साथै संस्थाले  संस्थाको कार्य क्षेत्र  भित्र कोरोना भाइरस को संक्रमण फैलिदै आएको सन्दर्भमा आफ्ना सदस्यहरुलाई पर्न जान सक्ने आर्थिक  हानि नोक्सानीको जोखिमलाइ कम गर्न संस्थाको तर्फ बाट सम्पूर्ण नियमित सदस्यहरुको रु ५० हजार कोभिड बिमा गर्ने निर्णय भएको संस्थाले जानकारी गराएको छ। साथै बृस्तृत जानकारीको लागि संस्थाको फोन नं ४८००७८० मा  वा मोबाइल नम्बर ९७५१००४७१५ मा फोन सम्पर्क गर्न   अनुरोध गरिएको व्यवस्थापक गोपाल कर्माचार्य ले बताए ।

 

तपाइँको प्रतिक्रिया ।