कागेश्वरी मनोहरा नगरपालिकामा बिहान ५ बजे देखि ९ बजे सम्म पसल खुल्ने

कागेश्वरी मनोहरा नगरपालिकामा  बिहान ५ बजे देखि ९ बजे सम्म पसल खुल्ने

कपन  अनलाइन

काठमाडौँ, भाद्र ५ । कागेश्वरी मनोहरा नगरपालिकाले  पसल खोल्ने समयको बारेमा  बिज्ञप्ति  जारी गरेको  छ।  नगर प्रवक्ता राजाराम पुडासैनी द्वारा जारि गरेको  उक्त बिज्ञप्ति भनिएको छ,  जिल्ला प्रशासन कार्यलय काठमाडौ का प्रमुख जिल्ला अधिकारी बाट मिति २०७७ भाद्र २ मा जारी आदेश बमोजिम कागेश्वरी मनोहरा  नगरपालिका भित्र सो आदेश पूर्ण पालना गर्ने गराउने सम्बन्धमा स्थानीय नगर बासीका लागि दैनिक आवश्यक पर्ने खाद्यान्न लगायत अन्य अत्यावश्यक सेवाको लागि मिति २०७७ साल भाद्र ४ गते  देखि भाद्र १० गते सम्म निम्न पसलहरु बिहान ५ बजे देखि बिहान ९ बजे सम्म मात्र संचालन हुने भएकोले तोकिएको पसल बाहेक अन्य पूर्ण रुपमा बन्द रहने उल्लेख गरिएको छ ।

संचालन हुने :

  १)खाद्यान्न पसल

 २) तरकारी तथा फलफुल पसल मात्र

 ३) दुग्ध पदार्थ /डेरी पसल

 ४) ग्यास पसल  ।

तपाइँको प्रतिक्रिया ।