कृष्णं वन्दे जगद्गुरूम् !
कपन अनलाइन
काठमाडौं ,साउन २८ /घनश्याम कोइराला
आज कृष्ण जन्माष्टमी हो । यो पर्व हिन्दूहरू माझ निकै लोकप्रिय रहेको छ । संसारका हिन्दूहरूले कृष्णलाई सम्मानपूर्वक श्रीकृष्ण भन्दछन् । कृष्णका धेरै नाम मध्ये एउटा गोपाल हो । यिनलाई वंशीधर र गोवर्धनधारी/गिरीधारी पनि भनिन्छ । यिनकाक्रियाकलापलाई लीला रअलङ्कार रसयुक्त लीलालाई रासलीला भनिन्छ । सामान्यतः रासलीला भनेको रमाइलो क्रियाकलाप भनिएको हो । यसमा हरेक गोप–गोपिनीसँग कृष्ण एकसाथ रहेको वर्णन पाइन्छ ।
यिनले घर–घरमा नौनीचोरेर खाइदिएको आदि रमाइला प्रसंग पुराणमा सुन्न र पढन पाइन्छ । यस्ता कृष्णलाई विद्वान् र श्रद्धालुरूले ‘कृष्णं वन्दे जगद्गुरूम्’ अर्थात् संसारका गुरू कृष्णको वन्दनागर्दछौँ भनेर सम्मान व्यक्त गर्ने गर्दछन् ।
महाभारत युद्धका समयमा अर्जुनको रथ हाँक्ने सारथीबनेर पाण्डवलाई सहयोग पुर्याएको कथा महाभारतको मुख्य विषय त छँदैछ, त्यतिबेला अर्जुनसँग गरेको संवाद श्रीमदभागवत गीताका रूपमा सर्वविख्यात छ । संसारको सबैभन्दा बढी भाषामा अनुदित भएको मानिने श्रीमदभागवत गीता बहुआयामिक ज्ञानको भण्डार हो । यसलाई २ जनाबीचको संवाद र कथाको रूपमा मात्र नभई जीवनोपयोगी ज्ञान भण्डारका रूपमालिन सकिन्छ ।
को हुन् त श्रीकृष्ण ? गीता, महाभारत पढेका बुझेकाहरूलाई केही भन्न पर्दैन । कंसको कारागारमा जन्मेका उनी देवकी र वसुदेवका सन्तानको रूपमा जन्मलिएका हुन् । उनी जन्मना साथ उर्लापात बढेको यमुना नदी पारि यशोदा र नन्दका घरमा वसुदेव स्वयंले टोकरी माथि टाउकोमा राखेर पुर्याएको कथा विख्यात छ ।
कृष्ण कुनै राजा–महाराजा थिएनन्, बरु आफ्नै मामा महाराजा कंशको जेलमा जन्मेका थिए र कंसको जीवन रहँदासम्म उनकै विरुद्धमा अनेकौँ लडाइँ लडिरहनु परेको थियो । कंसको अवसान पछि चाहेको भए आफ्नो हातमा लिन सक्ने सत्ता पनि कृष्णले लिएनन् । सत्ता बाहिरै रहेर गतिला कामहरू गरिरहे ।
कथा प्रसंगमा आउने गरेका कृष्णलीलाका सन्दर्भमा आजका हामीले शिक्षा लिन सकिने केही प्रसंगमा बुझ्ने प्रयत्न गरौँ । पौराणिक काल गणनाका हिसाबले कृष्णको समय आजभन्दा करिब ८६४००० + ५०८५ = ८६९०८५ पहिले हो । अन्य अध्ययनबाट फरक निष्कर्ष हुनसक्छ । कृष्ण भगवान विष्णुका आठौँ अवतार हुन् । बलराम र कृष्णलाई संयुक्त अवतार मानिएको पाइन्छ ।
कृष्णका कथा र चरित्र हेर्दा देखिने सत्य के हो भने राजनीतिक प्रतिफलको मुख्य उपभोक्ता जनता हुन् । जनताको हिततथा स्वार्थ राजनीतिको केन्द्रबिन्दु हुनुपर्दछ । जनताको सुख, जनताको सुरक्षा, जनताको मनोदशा, जनताको जीवनस्तर र समृद्धिको लागि आवश्यक पर्ने नीतिगत, प्रक्रियागत र व्यवहारिक विषयमा जनतासँग नेतृत्व नजिकै रहनुपर्दछ । राजनीति र यसको नेतृत्वले कुनै पनि बहानामा जनता भन्दा पर हुनै हुँदैन । समस्या जनतासँग छन् । अवसर जनता सँगै उपलब्ध छन् ।
हामीले कथा पुराणमा कृष्णलीला पढे—सुनेका छौँ नि — सबैसँग कृष्ण, सबै ठाउँमा कृष्ण । त्यस जुगमा कृष्णको नेतृत्व थियो, तर यो कृष्णको नेतृत्व अनौपचारिक, पद विहीन थियो ।किनभने त्यतिबेला शासक राजावंस थिए ।
कथा अनुसार वंस जनतासँग थिएनन् । कृष्ण प्रतिपक्षमा थिए, तर जनतासँग थिए । सबैका सुखदुःखमा साथ थिए । नाचगानमा साथ थिए । हली—गोठालासँग साथथिए । गृहिणीहरूका साथ थिए । उनले आफुलाई र आफ्ना प्रभाव क्षेत्रका मानिसहरूलाई पशुपालन र कृषिको अर्थतन्त्रसँग जोडेर सबल बनाएका थिए । त्यसैले उनी सफलथिए र उनको सफलता हेर्न (उनको दर्शन गर्न) सबै आउँथे । उनका कर्म र सफलताका कारण उनी दर्शनीय भए, पूजनीय भए ।
त्यतिबेलाको मान्यता अनुसार सबैभन्दा ठूलो र शक्तिशाली मानिने राज्य स्वर्ग थियो र स्वर्गका राजा इन्द्र थिए । जनताको साथका कारण कृष्ण शक्तिशालीइन्द्रलाई समेत चुनौतीबनेकाथिए । कथाहरूमा पढे सुने अनुसार त्यतिबेलापनि स्थानीयशासनमाजो कोहीभएपनि ठूला चक्रवर्ति शासक इन्द्र नै रहेको अवस्था देखिन्छ । जनताले उपार्जन गरेर त्यसको अंशबलिको रूपमा इन्द्रलाई दिनु पर्दथ्यो । इन्द्रको आदेश नै सर्वोपरि रहने गर्दथ्यो । कृष्णले त्यस प्रथाको क्रमभंग गरिदिए । यसको प्रसंगका रूपमा इन्द्रले गोकुल डुबाउने गरी पानी पारिदिए । कृष्णले जनताको साथ लिएर गोवर्धन पर्वत नै उचालेर रक्षा गरे । कान्छी औँलाले गोवर्धन पर्वत उचालेको प्रसंग रोचक छ । यसै कारण उनको नाम गिरिधारी भएको हो । यसबाट जनशक्तिका सामु अन्य कुनै शक्ति टिक्दैन भन्ने दृष्टान्त स्पष्ट हुन्छ । एउटा लोकप्रिय नेताले औँलाको बलमा वैरीलाई परास्त गर्न सक्दछन् भन्ने बुझ्न सकिन्छ ।
जनता सँगको निकटताका कारण उनले स्थानीय राजावंसलाई जितेका थिए र इन्द्रको हस्तक्षेपबाट गोकुललाई जोगाएका थिए । राजनीति गर्नेहरूका लागि नेता—नेतृत्वको जनतासँगको निकटताको यो गतिलो पाठ हो ।
कृष्ण शब्दको अर्थ कालो हो । कालालाई मन नपराइने यस क्षेत्रमा काला भएर पनि कृष्ण राम्रा मानिन्थे र लोकप्रिय थिए । उनले आफ्नाकर्मबाट रंगभेद हटाएका थिए । त्यति बेलामा निसहरू स्वसंगठित थिए, तर संस्थागत संगठनको अवधारणा थिएन । त्यसैले सुसंगठित संस्थान भएकोले श्रेष्ठ जनका पछि लाग्ने चलन थियो । कृष्णका श्रेष्ठ मानिएका कर्मका कारण उनका अनुयायीहरू (भक्तहरू) धेरै थिए । उनको आज्ञा वाइसारामा चल्ने धेरै मानिस थिए । त्यसैले उनी लोकप्रिय नेता थिए ।
कारागारमा जन्मनुको आसय मानिस जन्मेपछि मात्र स्वतन्त्र हुन्छ भन्ने देखिन्छ । जन्म आफैमा जटिल र कष्टसाध्य प्रक्रिया हो । यस कारण जन्मदिनेहरू प्रति कृतज्ञ भइरहनु पर्दछ भन्ने आसय देखिन्छ । जीवनको ठूलो महत्व छ, यसलाई महत्व हिन बनाउनु हुँदैन भन्ने विषय उनको व्यवहारबाट पुष्टि भएको छ ।
मानिसहरू पशुको महत्व बुझ्दै रहेको अवस्था हुँदो हो । कृषि उत्पादन र सञ्चयको जानकारी विकास भइरहेको हुँदो हो । उनले पशुपालन विशेषतःगाई पालनलाई महत्व दिएको देखिन्छ । गोमांस भक्षणका कतिपय प्रसंगहरू भएपनि कृष्णको क्रियाकलापमा गोमांस भक्षणलाई गोपालन, गोपूजन/संरक्षण आदिबाट विस्थापन गरिएको र नयाँ संस्कृति निर्माण भएको देखिन्छ । दूध, दही, नौनीआदिको महत्व दर्शाउन उनले ती वस्तुहरू चोरेर पनि खाने गरी वर्णन गरिएको हुन सक्दछ ।
उनी बाँसुरी बजाउँथे । कृष्णले फूल र विभिन्न वन्यफलहरूको माला, मयूरको प्वाँख आदिलाई समेत अलङ्कारका वस्तुको रूपमा उपयोग गरेका छन् । यसबाट कला संस्कृतिको विकास र वस्तुहरूका उपयोगको नयाँनयाँ क्षेत्र पहिचान गरिएको देखिन्छ । प्रकृतिका सबै वस्तुहरू उपयोगी छन् भन्ने देखाइएको पाइन्छ ।
बाँसुरी बजाउनुको अर्को पक्षपनि देखिन्छ । शासनचलाउनेहरू हतियार प्रयोग गर्दथे । बलप्रयोग गर्दथे र जनतामाथिशासनगर्दथे । शिवले त्रिशूल लिएको, देवीहरूले अनेकौँ हतियारहरू लिएको, स्वयं विष्णुले सुदर्शन चक्रलिएको, कृष्णका पूर्ववर्ति अवतार रामले धनुषवाण लिएको देखाइएको छ । देवी, देवता, दानव, राजाआदि सबैले संहारकारी हतियार प्रयोग गरी आफ्नो र आफ्नाहरूको रक्षा संरक्षा गरेको वर्णन पाइन्छ । यस्तोमा कृष्णले कला संगीतको माध्यमबाट शक्तिआर्जन गर्न, मानिसहरूलाई गोलबन्द गरी शक्तिशालीकामगर्न सकिन्छ भन्ने शिक्षादिएको बुझ्न सकिन्छ ।
आफु गाईपालनमा र जननेतृत्वमा, आफ्ना दाजु बलराम खेतीमा थिए । बलरामलाई हलधर भनिएको छ । उनी आफै हलो जोत्ने मात्र होइन, हलो नै लिएर हिँड्दथे । कृषि कार्यमा मात्र नभई गाह्रो साह्रोमा लडाइँको हतियारको रूपमा पनि उनी हलो प्रयोग गर्ने गरेका प्रसंग छन् ।
रोचक प्रसंग त के छ भने कडा सुरक्षा घेराभित्र नेल हत्कडी सहित जेलमा रहेका वसुदेवले कृष्णलाई कंशबाट जोगाउन यशोदा र नन्दको घरमा पुर्याउन पर्ने थियो । कडा पहरा रहेको जेलभित्र नेल हत्कडीमा जेलिएको अवस्था, मुसलधारे पानी परेको, यमुना नदी बढेर उर्लापात भएको अवस्था थियो । तर कृष्ण जन्मेपछि नेल हतकडी आफै खुले, जेलमा पहरा दिइरहेका प्रहरीहरू सबै निदाए । टोकरीमा राखेर टाउकोमा बोकिएका नवजात कृष्णलाई पानीबाट जोगाउन स्वयं शेषनाग ओत(छाता) बने । यमुनामा पानी घट्यो र तर्न सकिने अवस्था भयो । वसुदेव सकुशल पारि पुगे पुनःपूर्वबत् जेलमा फर्किए ।
के यस्तो संभव छ ? छ । कथामा अतिशयोक्ति होला । तर पनियदि सफलता प्रति आफुमा पूर्ण विश्वास छ भने असंभव केही छैन । नगरी हुँदैन, नगरी छोड्दिन भन्ने विश्वास मानिसको मनमा हुन्छ भने कुनै बहाना र बन्धनले मानिसलाई सफल हुनबाट रोक्न सक्दैन । सकारात्मक सोचको, दृढ विश्वासको शक्तिका रूपमा हाम्रो मस्तिष्कमा ‘कृष्ण’ राखिन्छ भने प्राकृतिक, कृत्रिम सबै प्रकारका अवरोध र बन्धनबाट पार पाउन सकिन्छ ।
शिक्षादाता गुरु हुन् । कृष्णको चरित्रबाट हामी माथि उल्लेख गरिएका र नगरिएकाअन्य थुप्रै प्रसंगहरूबाट जीवनको लागि उपयोगी, समाजको लागि उपयोगी, राष्ट्रको लागि उपयोगी शिक्षा लिन सकिन्छ । त्यसैले भनिएको हो : कृष्णं वन्दे जगद्गुरूम् !
कृष्ण जन्माष्टमी पर्वको सबैमाशुभकामना !!