गोकर्णेश्वर नगरपालिकाका स्वयं सेवकहरुलाई मास्क वितरण

गोकर्णेश्वर नगरपालिकाका स्वयं सेवकहरुलाई मास्क वितरण

कपन अनलाइन

काठमाडौँ, श्रावण २८ । विश्वव्यापीरूपमा कोरोना महामारीका कारण परेको सङ्कटबाट नेपाल पनि अछुतो छैन । देशमा कोभिड–१९ को सम्भावित सङ्क्रमणको रोकथाममा राज्यका सबै निकाय आ–आफ्नो जिम्मेवारी र प्रयासमा सक्रिय छन् । अहिले विश्व नै कोरोना प्रकोप संग जुधिरहेको छ अनि यसको अग्रिम मोर्चामा रहेका छन स्वास्थ्यकर्मी ,सुरक्षाकर्मी , संचारकर्मी र त्यस मोर्चाको कमान्डर बनेर सक्रिय बनेका छन जनताका प्रतिनिधि।धेरै देशका राष्ट्र प्रमुखहरु नै संक्रमित बने पनि यस प्रकोपलाई परास्त गर्नका लागि डटिरहेका छन।अदृश्य शत्रु संगको लडाईमा जनताको सेवामा नेपालका जनप्रतिनिधिहरु  संगै सचेतना जगाउन स्वयं सेवकहरु पनि सक्रिय रुपमा आफ्नो भूमिका निर्वाह गर्दै आएका छन।  त स्वयं सेवकहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै  गोकर्णेश्वर नगरपालिका भित्र गठित स्वयं सेवकहरुको लागि  मास्क  हस्तान्तरण गरिएको हो  ।

https://www.facebook.com/sambhuprasad.adhikari/videos/648796749396906/?t=5

गोकर्णेश्वर नगरपालिका का स्वयंसेवक समितिका संयोजक दीपक लामालाइ  र गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले  ८०० जना स्वयंसेवकहरुको लागि KN95 मास्क  हस्तान्तरण गरेका हुन् ।बौद्ध ६ चारघरेका समाजसेवी सुरेन्द्र लामा (सुजन) र गोकर्णेश्वर नगरपालिका ८ का समाजसेवी  एवं नेपाल आदिवासी जनजाती संघका इकाइ सभापति फुर्साङ लामा तामाङको सहयोगमा प्राप्त  मास्क आज एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा समाजसेवी शम्भु प्रसाद अधिकारी सहित स्वयं सेवकहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसालले   बिश्व भरी महामारी को रूपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड – १९ ले मानव जगत नै अनिश्चित र अन्योल बनिरहेको बेलामाफ्रन्ट लाइन मा खटिएर स्वयं सेवा गरिरहेका स्वयं सेवकहरुलाइ प्रोत्साहन गर्न र कोरोना जोखिम बाट बच्न उक्त सामाग्री प्रदान गरिएको बताए उनले मास्क वितरण संगै  जनचेतना जगाउने खालका कार्यक्रम गर्न पनि स्वयं सेवकहरुलाई अनुरोध गरेका थिए ।सो कार्यक्रम समाजसेवी शम्भु प्रसाद अधिकारीले संचालन गरेका  थिए ।

तपाइँको प्रतिक्रिया ।