म “च” विरोधि भए :सन्तोष खड्का
कपन अनलाइन
काठमाडौं ,साउन २८/सन्तोष खड्का
विचित्रको यस् श्रृष्टि होस् या सबै कुरा “बाई चान्स” मा भएको मान्यता होस् , मानव समाजले मारेको फड्को देख्दा पक्कै पनि केही शताब्दी अघिका मानवले अहिलेको प्रगति देखे भने हामीलाई भगवान भनि पुज्छन् होला । तर जति सुकै प्रगति गरे पनि अझै हाम्रा आधारभुत कुराको परिवर्तन हुन सकेको छैन र हाम्रो समाजमा विध्यमान केही जनविश्वासले हामीलै सधाँझै निर्देशीत गरिरहेको छ ।
पश्चिममा अङ्क १३ लाई अशुभ मानिन्छ भने हाम्रो तिरविजोड सँख्यालाइ शुभ । यस्ता सदिऔँ देखि कायम हुँदै आएका रितिरिवाज त्यसै त पक्कै बसेनन् होला । प्रश्न यो हो की कस्ले? कसरी ? यस्ता कुराको उत्तर खोज्नु नै किन पर्यो र यसै पनि ठूला–ठूला दर्शन र विचारको मन्थन ले हाम्रो समाज आक्रान्त त छँदै छ ।
यस्तै कुराहरुमा घौतालिदै गर्दा म आफै भने “च” शब्द विरोधि भएकी जस्तो लाग्न थालेको छ, त्यसैले यस अक्षरबाट बन्ने शब्दको बहीष्कारको निम्ति अभियान सुरु गरी म पनि अभियन्ताको पगरी पहिरन आतुर छु । अलौकीक अक्षर “चरि चुच्चे च” , मेरो जन्मजात दुश्मन त थिएन, न उस्ले मेरो केही बिगारेको छ, फेरी म भने कसैले मलाई हानी गरेको छ भने पनि,यदि उस्लाइ मर्का परेको देखे भने सके सम्म केही सहयोग गरूकीँ जस्ततो लाग्छ, र केही योगदान नगरेपिन रमिते हुनलाई कसले रोक्न सक्छ र ! अब भन्नुपर्दा “च” जाबो त एउटा अक्षर , मैले उस्को विरोध गर्दा के नै प्रतिकार गर्न सक्छ र ! फेरी अहिले सम्म “च वादी” पनि निस्कि हाली सकेका छैनन् ।
म त्यसै “च” विरोधि भएको भने हैन, त्यसका बग्रेल्ति गल्तिको वजन ले केही गुणलाई थिचेर, त्यसैपनि मिचाह भएको छ । यसै पनि कसैलाई थिचो मिचो गर्नु गलत कार्य हो, ल हर्नेस यहाँ निर पनि “च” अक्षर विशेष छ । हाम्रो आधारभुत आवश्यक्ता गाँसमा ध्यानाकर्षण गराउन चहान्छु । यी खानेकुराको बारेमा एकछिन मनन् गर्नुस तः “चकलेट”, “चिजबल”, “चाउचाउ”, “चोकोफन” आदि ।“चाउचाउ” ले एउटा “ चौधरी ”, बाहेक अरू कसैलाइ फाइदा भएन ।“चटपटे” मा न केही पौष्टिकता छ न त “चटपटे” खबर मा केही वजन ।
“चिया” पनि उही ड्याङ्को मुला हो । “चिनी” गुलियो , जस्मा भुलिदाँ के हुन्छ थहानभाको हैन । एकछिन गुलियो दिने “चुइगम” ले कम्ता धोका देको छैनन् त हाम्रा लाला बाला लगायत युवती हरुलाई । चामलको भात खाँदा खाँदा हामी भाते हुनुमा र भुँडेहुनुमा त राम्रै प्रगति भएको छ। चामल बाट बन्ने “चिउरा” र “चाम्रे” कस्लाई पो मनपर्ला र अहिलेको जमानामा, त्यसैपनि पौष्टिक्ता मा कमी यी खान्कीमा पेट भर्ने बाहेक यी कुराको महत्व अरु खानेकुरा सँग आउँदा मात्रै केही होला ।
अनि “दहीचिउरा” मन परे पनि “दहिचिउरे” मान्छे कस्ता हन्छन् थाहा नभएको कहाँ हो र । त्यसरी नै “चाम्रे” मनपर्ने कोही भएपनि “चाम्रो” मान्छेसँग व्यवहार गर्न त्यती सजिलो भने हुन्न ।फेरी कहीलेकाहीँ बुवा–आमा, गुरु को “चिउरा” भेट्दा कति कन्सिरी तात्छ भन्नैपरेन । “च्वनपरास” एउटा मात्र खुराक हो जुन फाईदाजनक छ, तर त्यो कस्ले पो खान्छ र । “चिल्ला”परिकारले फाइदा त गर्दैन नै, “चिल्ला” बात ले पनि एकछिन आनन्दमात्र दिन्छ, पछि त उही हो ।
“चिप्ला” बाटो मा लड्दैपड्दै देउसी खेल्दाको अनुभव अझैपनि आँखा अघिल्तिर छदैँ छ ।व्यक्तित्वमा “चापलुसी” ले केहीलाई फाइदा गरेको होला तर समाजलाई त पछि नै धकेलेको छ । अझ “चाकरी” बाज त हाम्रो समाजको कहिले निर्मूल नहुने भाइरस नै भैगो । यसैपनि “चम्चा” को दुई जिब्रे अचरणाको कारण ले गर्दा हामी कति दिक्क छौँ । अनि फेरी “चतुर” र “चतुरेलाइ” विश्वासमा गर्न पनि धेरै गाह्रो । “चोर” को त के कुरा गर्नु, “चुइँया” मान्छे मलाई त राम्रो लाग्दैन, कसैलाई राम्रो लाग्छ भने बालै भएन ।
हाम्रो समाजमा यति “चुतियापन” छ कि के भनु ।“चुलबुले” मन/बच्चा/युवतीको भरपनि त्यती हुन्न । “चकचके” बच्चाको उपद्रोले घरमा त तनावनै हुन्छ विद्यालयमा पनि शिक्षक/शिक्षिकालाइ टाउको दुखाइ हुन्छ । हुन त “चुम्बनका”रोमाञ्च त छँदै छ तर के गर्न त्यस्तो क्रियाकलाप खुलेआम गर्दा के हुन्छ भनि थाह नहुने लाई के भन्ने, के नभन्ने । “च्याप्नु” यसै राम्रो मानविय गुण हैन त्यसमा पनि छोराछोरी लाई धेरै “च्यापीराख्नु” हुतिहारा बनाई छाड्ने “चाला” हो । कुराहरु “चपाई चपाई“ गर्ने ले गर्दा सधैँ नै गाँठो फुकाउन कम्ति गाह्रो हन्न त ! “चानचुन” पैसा भन्नु नै पर्दा अहिले पुजापाठमा बाहेक अरू बेला मुल्यहीन छ ।
सम्बन्धमा “चिसो” पन भयो भने असहयोग नितिले असामाजीक बनाएर हरेक काम गर्नु भनेको पापड बेल्नु जस्तै हुन्छ । फेरी “चिसो” मौसममा धेरै जस्ता बुढापाका परमधाम हुन्छन् भने बच्चा बच्चीलाई चिसो बाट जोगाउनु भनेको युध्द लड्नु जस्तै हुन्छ । नव दम्पति, मनमुटाव भएका दम्पति र हिटर/गीजर/स्वीटर/सीरक/डस्ना/ज्याकेटका व्यापारी बाहेक अरुलाई चिसो मौसमले प्रतिफल देको मैले भेटेको छैन ।घरमा, जमिनमा, सम्बन्धामा वा अरु कतै “चिरा” पर्नु शुभ सङ्केत हुँदै होइन ।
अझ केही कुरा “च्यात्नु” त्यसै पनि राम्रो होइन, शरिर “चिलाउनु” पनि शुभ सङ्केत होइन अनि, “चिमोट्दा” को दुखाइ सबैलाइ थहानै छ ।“चकचके” बच्चा कसैके प्यारो हुन्नन्र भने असिमित “चाहाना” ले नै त होनि मानव दुःखी भाको । “चलेको चलन” भन्दै रूढीवादी हुँदा यसैपनि प्रगतिमा विराम लगाउँदा समाजलाइनै प्रतिगामी बनाएको कुरा बुझेको भए पो ।
हामीलाइ त “चप्पल” ले छिट्टा मात्र हान्छ तर “चप्पल” लगाएर छिरेका नेतागण आज अरब पति भएर हाम्रो थाप्लोमा पहिले भन्दा तीन गुणा ऋण थोपरेका छन् भने “चक्कु” रुपी नीति नियम हामीमा थोपरेर आफु चाहीँ “चील्ला” गाडीमा सयर गरीविलाशी जीवन विताईरहेका छन् । अनि “चील” ले “चल्ला” तर्साको जसरी मात्र हैन आजको समाजमा राज्य सन्चालको नाममा हाम्रै पसिनाको शिकार गरी हामी माथि नै आइलाग्ने राज्य संयन्त्रको कुरा गर्नु शिवाय के पो गर्न सकिएला र ।
“चलचित्र” मा सिमित आदर्श र सत्यता ले हामीलाई एक छिन अर्कै कृतिम दुनियामा भुलाउँछ र यथार्थबाट पछि धकेल्दा त्यसले निम्त्याएको विकारको बारेमा ध्यान दिनु पर्ला की ।
“चिम्पान्जिका” सहोदर दाजूभाई हामीमा अझपनि बाँदर स्वभाव त छदैँ छ । देश चलाउने होस् या गाडी चलाउने होस् “चालक” सही नभए दुर्घटना अवश्य निम्त्याउँछन् । हुँदा हुँदा “चिन” को “चमेरो” बाटआएको भनिएको भाइरसले संसारनै आक्रान्त बनाएको छ ।“चाइनामेड” औध्योगीक करण ले मानव जगतलाई क्षणीक सुख दिए पनि संसार लाई विनाश तर्फ धकेल्दै गरेको विषय हामीले बुझ्नुपर्ने हुन्छ, र यो श्रीष्टिको मानव सिर्जीत “चर्पीकरण” रोक्नु पर्छनरोकेको खण्डमा मानव ले आफ्नो “चितामा” जल्न तयार भए हुन्छ ।