टोखा नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा २१ दिन बन्द
कपन अनलाइन
काठमाडौं ,साउन २८।
टोखा नगरपालिकामा कोरोना संक्रमण बढ्काले २१ दिन अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसलाई ध्यानमा राखी काठमाडौं उपत्यका भित्रका नगर प्रमुखहरुको ‘मेयर फोरम’को निर्णयअनुसार सम्पुर्ण नगरपालिकाहरु २०७७/४/२६ गतेदेखि र टोखा नगरपालिकाको कार्यपालिका बैठकको निर्णयअनुसार २०७७/०४/२७ गतेदेखि नगरपालिका तथा वडा कार्यालयहरुबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु २१ दिनसम्मको लागि बन्द गरिएको छ।
कार्यालय बन्द रहेपनि कोभिड–१९ तथा कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कार्य जारी रहन्छ । स्वास्थ्य सम्बन्धी नियमित सेवा प्रदान गरिनेछ । विपद् व्यवस्थापनसँग सम्बन्धित कार्य हुनेछ । अत्यावश्यक कामको लागि सवारी पास तथा नगर प्रवेश अनुमति गर्न सिफारिस गरिनेछ ।
तपाइँको प्रतिक्रिया ।