जगडोल बाट देखिएको मनमोहक इन्द्रेणी
कपन अनलाइन
काठमाडौं श्रावण २५। जगडोल स्थित राष्ट्रिय सहिद तथा निजामती पार्कमा शनिबार देखिएको मनमोहक इन्द्रेणी। इन्द्रधनुष पनि भनिने इन्द्रेणी प्रकाश र रंगबाट उत्पन्न भएको यस्तो घटना हो जसमा रंगीन प्रकाशको एउटा अर्धवृत आकाशमा देखिन्छ।इन्द्रेणीमा सात रंगहरु रातो, सुन्तला, पहेंलो, हरियो, आकाशे निलो, गाढा निलो र बैजनी रंग क्रमैसँग देखिन्छ। वैज्ञानिक हिसाबमा हेर्ने हो भने जब सूर्यको प्रकाश पृथ्वीको वायुमण्डलमा भएको पानीको थोपा माथि पर्छ, पानीको थोपाले प्रकाशलाई परावर्तन, आवर्तन र डिस्पर्सन गर्दछ।फलस्वरुप आकाशमा एउटा सप्तरङ्गी अर्धवृताकार प्रकाशीय आकृति उत्पन्न हुन्छ। यो आकृतिलाई नै इन्द्रेणी भनिन्छ।
फोटो : शिबु श्रेष्ठ
तपाइँको प्रतिक्रिया ।