जातीय सद्भावका लागि राजधानीमा सद्भाव -याली

जातीय सद्भाव कायम राख्न आह्वान गर्दै राजधानीमा आज बृहत सभा गरियो । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा भएको सभामा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो । सभामा सहभागीहरुले सेतो टिसर्ट लगाएर हातमा राष्ट्रिय झण्डा फहराउंदै जातीय सद्भावका लागि आब्हान गरेका थिए । जातीय आधारमा संघीय राज्य निर्माण गर्न नहुने, कानुनी राज्यको स्थापना हुनुपर्नेलगायतमा नारा सहितको प्लेकार्ड बोकेका सयौं सहभागीहरुले राष्ट्र र राष्ट्रियताको पक्षमा नाराबाजी गरेका थिए । सभालाई विभिन्न व्यक्तिहरुले सम्बोधन गरेका गरे ।

आजै, राजधानीको माइतीघर मण्डलाबाट संयुक्त युवा विद्यार्थी संगठनहरुको संयोजन तथा महिला, मजदुर, किसान, पेशाकर्मी, मानव अधिकारवादी, नागरिक समाज लगायतको सहभागितामा शान्ति, संविधान, राष्ट्रिय एकता, सामाजिक सहिष्णुताका लागि सद्भाव र्याली निकालियो । -यालीका सहभागीहरुले जातीय सद्भाव कायम राख्न आह्वान गरेका थिए । -यालीपछि बानेश्वरमा आयोजित सभामा नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्ण, अनेरास्ववियुका अध्यक्ष माधव ढुंगेलले संविधान सभाको म्याद थप्ने सरकारी प्रस्तावको विरोध गर्दै विरोधका कार्यक्रम संचालन गरिने वताउनुभयो । यस्तै तरुण दलका अध्यक्ष उदयसम्शेर राणा र युवा संघका अध्यक्ष महेश बस्नेतले संघीयताको नाममा देशलाई टुक्र्याउने खेल भईरहेको भन्दै युवा विद्यार्थीले त्यसलाई स्वीकार्न नसक्ने वताउनुभयो । -यालीमा विभिन्न कलाकारले सामाजिक तथा जातीय सद्भाव कामय गर्न आह्वान गर्दै प्रस्तुति देखाएका थिए ।

उता, उद्योग वाणिज्य संघ चितवनले पनि पछिल्लो समयमा भएका बन्द हड्तालप्रति असहमति जनाउँदै नारायणगढमा सद्भाव -याली र दौडको आयोजना गरेको छ । नारायणगढस्थित पोखरा बसपार्कबाट सुरु भएको सद्भाव -याली र दौड लायन्स चोकमा पुगेर सभामा परिणत भएको थियो । -यालीमा उद्योगी व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, सरकारी कार्यालयका प्रतिनिधि, पत्रकार र सर्वसाधारण सहभागी थिए । यस्तै, वीगञ्जमा पनि नेपाल राष्ट्रवाद संघ पर्साले सबै जात र धर्मका नेपाली एक जुट हौं भन्ने नाराका साथ शान्ति जुलुस निकालेको छ । लोकतन्त्रको नाममा देशमा जताततै अशान्ति र गलत रवैया मौलाएको भन्दै यसको अन्त्यका लागि दवाव दिन शान्ति जुलुस निकालिएको हो । उता, लमजुङमा पनि जातीय सद्भावका लागि भन्दै -याली निकालिएको छ । उद्योग वाणिज्य संघ लमजुङले अगुवाइमा भएको -यालीमा ब्यबसायी, पेशाकर्मी, पत्रकार, अधिकारकर्मी, नागरिक समाज, आमा समूहका प्रतिनिधि र सर्वसाधारण सहभागी थिए ।

तपाइँको प्रतिक्रिया ।