चार दलले चलाएको प्राईभेट कम्पनीका कारण देश संकटमा: अध्यक्ष लेखी

१० जेठ, काठमाडौ । नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले राष्ट्रपति, प्रधान मन्त्री र  चार दलका शीर्ष नेता मिलेर चलाइरहेको प्राइभेट कम्पनीले देश बेचिरहेकाले मुलुक जातीय द्धन्दमा धकेलिएको बताएका छन् ।

उनले भने प्राइभेट कम्पनी चलाइरहेकाहरु यी नेताहरूलाई जनताको बीचमा नङग्याउनुपर्ने बताउँदै यदी यसो गर्न नसके देशको संकट समाप्त नहुने भनाई राखेका छन् ।
रफत सञ्चार क्लब भक्तपुरद्वारा बुधबार आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै लेखीले जनजाति महासङ्घले जातीय राज्य नभई जातीय पहिचानमात्र खोजेको प्रष्ट पार्दै भने, ‘एउटै जातिको अधिकार हुने गरी सङ्घीयतामा जानुहुँदैन र ऐतिहासिक जातीय पहिचानको आधारमा प्रान्त विभाजन गर्नुपर्छ ।’
उनले तराईमा भएको विविधतालाई ध्यानमा राखेर बहुप्रदेश निर्माण गर्नुपर्ने धारणा राखेका थिए । सङ्घीयतामा जाँदा एक मधेस एक प्रदेश वा एकल थरुहट प्रदेश हुन नसक्ने उनको धारणा थियो । लेखीले आदिवासी जनजाति महासङ्घका महासचिव आङकाजी शेर्पाले केही दिनअघि दिएको अभिव्यक्ति उनको व्यक्तिगत भएको बताउँदै त्यो निन्दनीय भएको पनि बताए।
तपाइँको प्रतिक्रिया ।