संविधानसभाको म्याद थप्न कांग्रेस असहमत, मन्त्रीहरु आजै फिर्ता बोलाउने

११ जेठ,काठमाडौ।वरिष्ठ नेता शेरबहादुर देउवा समुहको उपस्थिति विनै बसेको कांग्रेसको केन्द्रिय समितिको बैठकले संविधान सभाको म्याद नथप्ने निष्कर्ष निकालेको छ। बैठकले माओवादीले नियोजित रुपमै संविधान नबाउने खेलमा लागेको ठहर समेत गरेको छ।

बैठकपछि कांग्रेस नेता तथा उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले सरकारमा वस्नुको औचित्य समाप्त भएको घोषणा गरेका छन्। उनले अधिकतमा प्रयास गरि जेठ १४  मै संविधान बनाउनु पर्ने विचार राखेका थिए।
वैठकमा संशोधन प्रस्ताव लिएर दर्ता गर्ने गएकोमा सिटौलाको पनि चर्चको विरोध भएको थियो।
वैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यहुले सरकारबाट तत्काल फिर्ता हुनु पर्ने बताएका थिए। पाँच बँदे सहमतिमा सरकारमा गएको र त्यो पालना नभएपनि सरकारमा बस्न नहुनेकुरमा धेरै केन्द्रिय सदस्यहरुको मत मिलेको थियो।
केही केन्द्रिय सदस्यहरुले माओवादी अदालतलाई कमजोर बनाउने षडयन्त्र लागेको समेत आरोप लगाएका थिए भने कतिपयले देशमा जातीय दन्द्ध भडकाएर संकटकाल लगाउन सक्ने भन्दे नेतृत्वलाई सचेत गराएका थिए।
कांग्रेसले बिहिवार अन्य दल र विशेष गरि एमालेसंग छलफल गरेर सरकारबाट सहभागी मन्त्री फिर्ता गर्ने र संविधानसभाको म्याद नथप्ने निर्णय औपचारिक रुपमै गर्ने बताइएको छ।
तपाइँको प्रतिक्रिया ।