डलर देखाएर रकम लुटने एकजना कपन प्रहरीको नियन्त्रणमा

कपन अनलाइन

काठमाडौं ,साउन १६।

महानगरीय प्रभाग कपनले साट्न डलर देखाएर रकम लुटने एकजनालाई बूढानीलकण्ठ-११ बाट डलर सहित नियन्त्रणमा लिएको छ।

साउन १५ गते बेलुकी ५:०० बजे कपन प्रभागका सादा पोसाकका प्गरहरीले स्ती गर्ने क्रममा बूढानीलकण्ठ नगरपालिका वडा नं.११ स्थित गैरीगाउँ नजिकै बाटोमा रहेका २ व्यक्तिहरुले शंकास्पद कुराकानी र गतिविधि गरिरहेकाले नजीक गएर सोधपुछ गर्दा भाग्न खोजेका  दुई    मध्ये एकजनालाई भने नियन्त्रणमा लिइएको थियो । नियन्त्रणमा लिएर  उनले   बोकेको झोला खानतलासी गर्दा  रबरले बाँधेर राखेको अमेरिकी डलरको बन्डल फेला परेको कपन प्रहरीले जानकारी दिएको छ।

पक्व्यराउ परेका  व्यक्तिको  झोलामा अमेरिकी डलर ५० को ३ थान र १ को डलर ३४३ थान रहेको थियो। नियन्त्रणमा लिईएको व्यक्तिसंग सोधपुछ गर्दा उनीहरुले आफूसंग २७ हजार डलर छ भनेर डलर हेर्न मान्छे बोलाएको हुनाले  डलर साट्ने व्यक्तिलाई पर्खेर बसेका थिए।

 

तपाइँको प्रतिक्रिया ।