पहिरोको कारण मेलम्ची -तिपेनी बाटो अबरुद्ध

पहिरोको कारण मेलम्ची -तिपेनी बाटो अबरुद्ध
कपन अनलाइन
काठमाडौं ,साउन १६।/दिपक विक्रम देउजा
पहिरोको कारण मेलम्ची -तिपेनी बाटो अबरुद्ध बनेको छ। पाँचपोखरी थाङ्पाल  गाउँपालिका वडा नम्बर ८ मा रहेको नेसनल हाइड्रोपावरको ड्याम्म नजिकै माथि गएको  पहिरोका कारण सो सडक अवरुद्ध बनेको हो।
अविरल वर्षाका कारण आएको सो पहिरोका कारण ७.५ मेगा वाट  इन्द्रावती तेश्रो जल बिद्युत आयोजनाको बिद्युत उत्पादन  पुर्णरुपमा अवरुद्ध बन्न पुगेको छ
बिहिवार राति २ बजे गएको पहिरोले सडक अवरुद्ध गराउनुका साथै आयोजनाको ड्याममा पनि क्षेती पुगेको छ। सो स्थानको पहिरोका कारण खेतीयोग्य जमिनमा गम्भीर संकटमा परेको बताउदै बैकल्पिक बाटो प्रयोग गर्न गाउँपालिकाले अनुरोध गरेको छ
तपाइँको प्रतिक्रिया ।