गोकर्णेश्वर नगरपालिका वडा नं ३ को न्यूनतम रोजगारीमा संलग्न हुने सम्बन्धि सार्वजनिक सुचना

गोकर्णेश्वर नगरपालिका वडा नं ३ को न्यूनतम रोजगारीमा संलग्न हुने सम्बन्धि सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौँ, श्रावण १५।गोकर्णेश्वर नगरपालिका वडा नं ३ले सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी द्वारा हस्ताक्षरित उक्त सुचना मार्फत  गोकर्णेश्वर नगरपालिका को चलानी नं ५ को मिति २०७६ /४/२ बाट पत्र प्राप्त भए अनुसार श्रम रोजगार सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत आ व २०७७/७८का लागि बेरोजगार सुचिमा सुचिकृत भई १०० दिन सम्मको न्यूनतम रोजगारीमा संलग्न हुन इक्छुक बेरोजगार ब्यक्तिहरुले निम्न कागजात सहित मिति २०७७/४ /८ गते देखि २०७७/५/ ७ सम्म सम्बन्धित वडा कार्यलय मा निवेदन पेश गर्नु पर्ने भएकोले वडा नं ३ अन्तर्गत इक्छुक ब्यक्तिहरुले वडा कार्यलयमा निवेदन पेश गर्न पनि उक्त सार्वजनिक सुचना मार्फत अनुरोध गरिएको छ ।

आवश्यक कागजातहरु:

१) निवेदकको नागरिकताको फोटोकपि १ प्रति।

२) पासपोर्ट साइजको फोटो २ प्रति ।

३) सम्पूर्ण परिवार सदस्यहरुको नागरिकताको फोटोकपी १/१ उमेर नपुगी परिवारका सदस्यको नागरिक नभएको खण्डमा जन्म दर्ताको प्रतिलिपि ।

४) निवेदकको ठेगाना बाहिरि जिल्ला वा स्थान भए बसाइ सराइ बिवाहदर्ता प्रमाणपत्र १ ।

५) निवेदकको उच्चतम शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि –शिप  सिकिसकेको भए शिपको प्रमाण पत्र समेतको प्रतिलिपि ।

६) मोबाइल नं अनिवार्य संलग्न गर्नु पर्ने छ ।

तपाइँको प्रतिक्रिया ।