पक्षघात पिडितलाई ओखलढुंगा-काठमाडौं सम्पर्क मंचको सहयोग

पक्षघात पिडितलाई ओखलढुंगा-काठमाडौं सम्पर्क मंचको सहयोग

कपन अनलाइन

काठमाडौं ,साउन १५।

ओखलढुंगा जिल्लाको मोलुंग गाउँपालिका वडा नं २ रामपुरका पक्षघात पिडित लिल बहादुर सार्कीलाई आर्थिक सहयोग गरेको छ।साउन ११ गते ओखलढुंगा जिल्ला बाट काठमाडौं उपचारका लागि ल्याइएका सार्कीको सरकारी अस्पतालले भर्ना लिन नमानेपछि चावहिलको हेल्पिंग ह्यान्ड्स अस्पतालमा उपचार गरिएको थियो। हाल आर्थिक समस्यामा परेका उनलाई  समाजसेवी रत्न थापा, हिरा कार्कि र रमेश चर्मकारकाे पहलमा  त्रि वी शिक्षण अस्पतालमा उपचार भैरहेको छ।

ओखलढुंगा-काठमाडौं सम्पर्क मंचको विरामी सहायता कोष बाट रुपैया ५ हजार सार्कीलाई सहयोग गरिएको सम्पर्क मंचका नेता चन्द्र राईले जानकारी दिएका छन।आर्थिक अवस्था कमजोर भएका ओखलढुंगा जिल्लावासीहरुलाई सहयोग गर्नका लागि स्थापना गरिएको सो कोष बाट अन्यलाई पनि सहयोग गर्दै आएको राईले बताएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।