अबको पुलिसिंग प्रबिधिमैत्री हुनुपर्छ :प्रहरी नायब उपरीक्षक नबिन कार्की

अबको पुलिसिंग प्रबिधिमैत्री हुनुपर्छ :प्रहरी नायब उपरीक्षक नबिन कार्की

कपन अनलाइन 

काठमाडौं श्रावण १४ ।कागेश्वरी मनोहरा नगरपालिका वडा  नं  ५ स्थित महानगरीय प्रहरी प्रभाग थलीको   प्राङ्गणमा नव निर्मित माता  दुर्गा भवानीको मन्दिर उद्घाटन , दुर्गा भवानीको मुर्तीमा प्राण प्रतिष्ठा  तथा  समुदाय  प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी  गतिबिधि सम्बन्धि  राय- सुझाब कार्यक्रम मंगलबार  सम्पन्न भएको छ ।

उक्त मन्दिर उद्घाटन तथा दुर्गा भवानीको मुर्तीमा प्राण प्रतिष्ठा  तथा  समुदाय  प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी गतिबिधि सम्बन्धि  राय- सुझाब  कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै महानगरीय प्रहरी वृत्त बौद्धका कार्यलय प्रमुख प्रहरी नायब उपरीक्षक नबिन कार्कीले आयोजकलाइ धन्यवाद दिदै दुर्गा भवानीको मन्दिर उद्घाटन गर्न र जनता संग राय सुझाब लिन पाउदा खुसि लागेको बताए ।

उनले मन्दिर निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै  आफु बौद्धमा आएको चार महिना  भएको जानकारी गराउदै आफु आए देखि नै  समुदायमा पुगेर अन्तरक्रिया गर्ने इच्छा भए पनि कोभिड महामारीको कारण त्यो सम्भब हुन नसकेको बताए। उनले अपराध नियन्त्रणमा समुदाय को सहयोग अपरिहार्य भएको बताउदै समाजमा घट्न सक्ने  अपराध नियन्त्रण गर्नका लागि सुरक्षा निकायको मात्रै नभई सबै समुदायको सहयोग र सहकार्यको महत्वपूर्ण महत्वपुर्ण भूमिका हुने बताए   ।’

 उनले प्रहरी पूर्वजहरुले प्रहरी परिसर भित्र मन्दिर स्थापना गर्ने परम्परा रही आएको र त्यसको उदेश्य नेगेटिभ  भाइब्स(नकारात्मक उर्जा)लाइ हटाइ सकारात्मक उर्जा प्राप्त गर्नको लागि आस्थामा आधारित रहेर मन्दिर स्थापना गर्ने प्रचलन पनि रहेको बताए। उनले मन्दिर स्थापना गर्नुको उदेश्य आफ्नो इलाकामा चोरी नहोस अपराध नहोस भनेर नभई प्रहरीले अपराध न्यूनीकरण गर्नमा उदृत होस् र दुर्गा भवानीले  त्यसको लागि मनोबल प्रदान गरुन  र अपराध घटाउन बढी प्रेरित भएर लाग्न दुर्गा भवानीको आशिर्वाद प्राप्त होस्  भन्ने सुभेच्छाका साथ मन्दिर स्थापना गरिएको स्पष्ट पारेका थिए ।

 जहाँ समाज छ त्यहा अपराध अवश्य हुने र अपराध पूर्ण रुपमा नियन्त्रण गर्न त्यसलाइ सुन्यमा झार्न  संसारको कुनै पनि समाजमा नसकिने बताउदै अपराधलाई न्यूनीकरण गर्न सकिने बताए ।

महानगरीय प्रहरी वृत्त को कार्यालय स्थानान्तरण हुने प्रक्रियामा रहेको जानकारी गराउदै सो वृत्त कागेश्वरी मनोहरा नगरपालिकामा स्थानान्तरण गरि आउने प्रयासमा रहेको बताएका थिए। त्स्य्को लागि यहाका जनप्रतिनिधि स्थानीय भद्रभलाद्मी र समाजसेवी स्थानीयको सहयोग हुने बिश्वास ब्यक्त गरे।उनले मुलपानी क्रिकेट स्टेडियम अगाडी रहेको खालि जग्गा प्राप्तिको लागि पहल भईरहेको र जग्गा प्राप्ति भएको खण्डमा छिटो भन्दा छिटो शिलान्यास गरि  बौद्ध प्रहरी कार्यालय त्यहाँ सारिने हुदा त्यसमा प्रयासरत रहेको बताएका थिए।

उनले महानगरिय प्रहरी प्रभाग थलीको भौतिक पूर्वाधार निर्माणमा  स्थानीय निकाय नगरपालिका र वडा कार्यलयको सहयोग को लागि धन्यवाद ज्ञापन गरेका थिए ।शान्ती सुरक्षाको साथै बिभिन्न सृजनशील कार्य गरेकोमा थली प्रहरी प्रभागका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक रामेश्वरखड्का सहितको टिम तथा सहयोगी दातालाइ  धन्यवाद दिदै  जति जति प्रहरीलाइ स्थानीयको सहयोग प्राप्त हुन्छ, त्यतिनै जिम्मेवारी थपिएको महशुस हुने बताए।  उनले स्थानीयले प्रहरीलाइ सहयोग गर्नुको अर्थ तिमीहरुलाई हामि सहयोग गर्छौ तिमीहरुलाई भौतिक सुबिधा प्रदान गर्न तयार छौ तर त्यसको बदला प्रहरीको सेवा हिजो भन्दा आज बढी गर्नु पर्छ भन्ने संकेत हो भन्ने आफुलाई लागेको बताउदै थप जिम्मेवारी बोध भएको महशुस गरेको पनि बताए ।

उनले आगामी दिनमा थली क्षेत्रमा थप जिम्मेवारीबोधका साथ काम गर्न र थप प्रेरित भएर थप उत्साही भइ जनताको सेवामा लाग्न  थली प्रहरी प्रभागमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।उनले प्रहरी सबैलाई चाहिने तर अधिकांशलाइ मन नपर्ने  भनेर एक जनाले भनेको स्मरण गर्दै उनले अधिकांशलाइ प्रहरी मन नपर्ने तर सबैलाई चाहिने संस्था भएको बताए । प्रहरीको  कार्य प्रकृतिनै यस्तो छ कि ,’काम गर्दा खेरि पचास प्रतिशत खुसि हुन्छन पचास प्रतिशत दुखि हुन सक्ने हुँदा कामको प्रकृतिले गर्दा  र कतिपय प्रहरीको त्रुटीले गर्दा पनि आलोचित बनेको हुँदा  त्यसमा क्रमश सुधार गर्ने क्रममा पनि रहेको बताए ।

उनले अबको पुलिसिंग भनेको हातमा लौरो लिएर सडकमा उत्रेर अपराधी तह लाउने र अपराध अनुसन्धान गर्ने नभई अब प्रबिधिमुलक पुलिसिंग र प्रबिधिमुलक अनुसन्धानको बिकल्प छैन, यस तर्फ सबैको सहयोग आवश्यक रहेको बताए। सो क्षेत्रमा  “चार लेनको हाइ वे बन्दै छ, चार लेनको  हाइ वे संगै अपराधको घटनाहरुको संग संगै बोकेर आउने हुँदा त्यो सम्भावित अपराधका घटना हरुलाई दृष्टिगत गरेर अहिले देखि नै योजना बनाई प्रबिधिमा जोड दियो भने पछि सजिलो  हुन्छ”, उनले भने । सिसिटिभी लगायतको प्रबिधिमा पनि जोड दिदै प्रबिधिले अपराध नियन्त्रण गर्न सहयोग पुग्ने हुँदा त्यसको लागि  स्थानीय तह संग अनुरोध गरिसकेको पनि बताए ।उनले स्थानीय बाट  प्राप्त सुझाबहरुलाई हेरेर कार्यन्वयन गर्ने पनि बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।