कागेश्वरी मनोहरा नगरपालिका भित्र शंकास्पद गतिबिधि भए प्रहरीलाइ खबर गर्न वडा अध्यक्ष भाइकाजी अधिकारीको अनुरोध

कागेश्वरी मनोहरा नगरपालिका भित्र  शंकास्पद गतिबिधि भए प्रहरीलाइ खबर गर्न वडा अध्यक्ष भाइकाजी अधिकारीको अनुरोध

कपन अनलाइन 

काठमाडौं श्रावण १४ ।कागेश्वरी मनोहरा नगरपालिका वडा  नं  ५ स्थित महानगरीय प्रहरी प्रभाग थलीको   प्राङ्गणमा नव निर्मित माता  दुर्गा भवानीको मन्दिर उद्घाटन , दुर्गा भवानीको मुर्तीमा प्राण प्रतिष्ठा  तथा  समुदाय  प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी  गतिबिधि सम्बन्धि  राय- सुझाब कार्यक्रम मंगलबार  सम्पन्न भएको छ ।

उक्त मन्दिर उद्घाटन तथा दुर्गा भवानीको मुर्तीमा प्राण प्रतिष्ठा  तथा  समुदाय  प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी गतिबिधि सम्बन्धि राय- सुझाब कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष भाइकाजी अधिकारीले  दुख परेको बेलामा  मात्र प्रहरीलाइ सम्झने र अरु बेला त्यो पुलिस त हो भन्ने आम मानिसको बानीमा सुधार ल्याउनुपर्ने बताए।

कोभिड १९ कोरोना भाइरस  महामारीमा पनिआफ्नो स्वास्थ्य को ख्याल समेत नगरी जहाँ बोलाए पनि  प्रहरी पुग्ने  गरेको स्मरण गर्दै त्यो खटाईको लागि प्रहरी प्रभाग साँखुलाइ धन्यवाद दिएका थिए।  उनले थली प्रहरी प्रभाग निर्माण हुँदाको स्मरण गर्दै  २०५१ सालमा जग्गा प्राप्ति गरि भवन निर्माण गरिएको  बताए। उनले कागेश्वरी मनोहरा नगरपालिकामा बौद्ध वृत्त स्थानान्तरण गर्नको लागि सम्पूर्ण सहयोग रहने पनि बताए।

उनले बढ्दो जनसंख्या तर प्रहरी जनशक्तिको अभाब रहेको थली प्रहरी प्रभागमा दरबन्दी थप्नको लागि समेत अनुरोध गरेका थिए।  उनले कागेश्वरी मनोहरा नगरपालिका र प्रहरी मिलेर धेरै काम भएको बताए ।उनले हालका आइजीपीका श्रीमती समेत कागेश्वरी मनोहरा नगरपालिका कै छोरी भएको जानकारी गराउदै कागेश्वरी मनोहरा नगरपालिकाले गौरबको अनुभूति गरेको बताए ।

हाम्रो समाज बिबिधताले भरिएको र  समाजमा राम्रा-नराम्रा सबै प्रकारका मानिसहरुको बसोबास हुने   हुँदा  अपराधको जन्म सामाज भित्र बस्ने  ब्याक्ति बाट नै हुने बताए ।  समाज भित्र रहने बस्ने व्याक्तिहरुको प्रत्यक्ष-अप्रत्यक्ष निगरानी समाजले पनि  गर्नु पर्ने बताए।  समुदायमा बस्ने कोहि कसैको क्रियाकलाप वा गतिबिधि शंकास्पद देखिएमा समयमा नै प्रहरीमा खबर गर्नु पर्ने बताउदै कागेश्वरी मनोहरा नगरपालिकामा  बढ्दो जनसंख्याको कारण कुनै पनि अपराधिक घटना घट्न सक्ने हुँदा शंकास्पद गतिबिधि भए प्रहरी समक्ष नहिच्किचाइकन खबर गर्न समेत अनुरोध गरेका थिए । उनले घर बेटीहरुलाई पनि आफ्नो घरको भाडामा बस्नेहरुको  बिवरण प्रहरीमा पनि  बुझाउनुपर्ने मा जोड दिएका थिए।

तपाइँको प्रतिक्रिया ।