युवा शिक्षासेवीहरुको पहलमा मनास्लु वर्ल्ड कलेज स्थापना,कक्षा ११ का लागि अनलाइन दर्ता खुल्यो

युवा शिक्षासेवीहरुको पहलमा मनास्लु वर्ल्ड कलेज स्थापना,कक्षा ११ का लागि अनलाइन दर्ता खुल्यो

कपन अनलाइन

काठमाडौं ,साउन १०।

शैक्षिक क्षेत्रको उन्नयनका लागि  काठमाडौं महानगरपालिका वडा नं ७ चुच्चेपाटीमा  स्थापना भएको मनास्लु वर्ल्ड कलेजमा कक्षा ११ का लागि अनलाइन दर्ता खुलेको छ।

लामो समय देखि शिक्षा क्षेत्रमा सक्रिय रहेका शिक्षासेवीहरुको पहलमा स्थापना भएको सो कलेजमा बिज्ञान ,व्यवस्थापन ,शिक्षा ,मानविकी र कानुन संकायमा अनलाइन दर्ता खुलेको हो।

सो कलेजमा पाठयक्रम बिकास केन्द्रले तोकेको पाठ्यक्रमको आलावा अन्य सिप संग जोडिएका  बिबिध क्रियाकलापहरु जस्तै:ग्राफिक्स डिजाइन,वेबसाईड बनाउने,फोटोग्राफी, भिडियोग्राफि ,फोटोसप ,भिडियो ईडिटिङ्ग ,व्यक्तित्व  बिकास तालिम, आधारभूत होटेल तालिम,पब्लिक स्पिकिंग तथा उद्घोषण तालिम सहित व्यवसायिक  सिप संग जोडिएका क्रियाकलापहरु संचालन गरिने मनास्लु  टिम अफ आन्टरप्रिनर प्रा.ली. का अध्यक्ष गेन्द्र लामाले जानकारी दिएका छन।

लामो समय शिक्षा क्षेत्रमा कृयाशिल, उर्जासिल युवा उद्यमिहरु द्धारा संचालित सो कलेजमा   प्रविधि मैत्रि कक्षा साइन्स ल्याव, हाइस्पिड इन्टरनेट सहितको शिक्षा सिपमुलक व्यवहारिक शिक्षा सहित  राष्ट्रिय / अन्तरास्ट्रिय अध्ययन  भ्रमण, खेलकुद तथा बौद्धिक प्रतिष्पर्धाका साथमा  ,गायन,नृत्यको साथै अन्य विविध विधामा प्रतिभाशाली बिधार्थिहरुलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने कलेजका प्रमुख राजन श्रेष्ठले बताएका छन।

कलेजका वारेमा थप जानकारीका लागि ९८०१३६२३८३ वा ९८०१३६२३८७ मा सम्पर्क गर्न सकिने कलेजले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।