काठमाडौ महानगरपालिका वडा नं ४ मा ८० जनाले रक्तदान गरे

काठमाडौ महानगरपालिका वडा नं ४ मा ८० जनाले रक्तदान गरे
कपन अनलाइन 
काठमाडौं ,साउन १०
काठमाडौ महानगरपालिका वडा नं  ४ मा ८० जनाले रक्तदान गरेका छन । शनिबार विशाल मिलन केन्द्रले आयोजना गरेको रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेका हुन ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य एवं प्रदेश सांसद नारायण सिलवालले कोरोना महामारीमा रगत अभाव हुन नदिन रक्तदान गर्नुपर्नेमा जोड दिए । “रक्तदान नै जीवन दान हो,” उनले भने, रक्तदानमा युवाहरुको सहभागिता महत्त्वपूर्ण हुन्छ ।” मिलन केन्द्रले रक्तदान,जेष्ठनागरिक स्वास्थ्य जाँच,खेलकुद लगायतका कार्यक्रम गर्दै आएको केन्द्रका अध्यक्ष हरि अधिकारीले जानकारी दिएका छन।
रक्तदान गर्नेमा २५ जना खेलाडी थिए । केन्द्रका खेलकुद संयोजक अनुप मानन्धरले युवाहरू परिवर्तनको सम्बाहक भएकाले सामाजिक काममा लाग्नुपर्ने र रक्तदान कार्यक्रमलाई निरन्तरता दिइनु पर्ने बताए ।
कार्यक्रममा पासवा सहकारी संस्था र सावल सहकारी संस्थाको पनि आयोजनमा कार्यक्रम गरिएको हो ।
तपाइँको प्रतिक्रिया ।