काठमाडौं-३ र मायो अल्ट्रासाउण्ड क्लिनिक विच सम्झौता ,वडावासीले ५० प्रतिसत छुट पाउने

काठमाडौं-३ र मायो अल्ट्रासाउण्ड क्लिनिक विच सम्झौता ,वडावासीले ५० प्रतिसत छुट पाउने

कपन अनलाइन

काठमाडौं ,साउन ७ ।

काठमाडौं महानगरपालिका वडा नं ३ र मायो अल्ट्रासाउण्ड क्लिनिक  प्रालि विच सम्झौता भएको छ । काठमाडौं महानगरपालिका वडा नं ३ का अध्यक्ष दिपक केसी र मायो अल्ट्रासाउण्ड प्रालिका डा.असिम बाबु सिटौला विच  इकोकार्डियोग्राफी र अल्ट्रासाउण्ड गर्दा वडा नं ३ का वासिन्दालाई ५० प्रतिसत छुट प्रदान गर्न सम्झौता आदान प्रदान गरिएको हो।

त्यस्तै उक्त सम्झौतामा काठमाडौं महानगरपालिका वडा नं ३ को सिफारिसमा गरिव ,बिपन्न तथा असहाय व्यक्तिहरुलाई पनि इकोकार्डियोग्राफी र अल्ट्रासाउण्ड गर्दा ५० प्रतिसत छुट प्रदान गर्ने उल्लेख गरिएको छ।

सो सम्झौता पत्र आदानप्रदान कार्यक्रममा बोल्दै वडा नं ३ का अध्यक्ष दिपक केसीले सो सम्झौताले वडावासीको उपचारमा सहयोग पुग्ने भन्दैमायो अल्ट्रासाउण्ड प्रालिलाई सहकार्यका लागे धन्यवाद दिएका थिए।

सम्झौता पत्र :

तपाइँको प्रतिक्रिया ।