ओखलढुंगाको हर्कपुरमा होल्डिङ सेन्टर सञ्चालन गर्न सांसदहरुको माग

ओखलढुंगाको हर्कपुरमा होल्डिङ सेन्टर सञ्चालन गर्न सांसदहरुको माग

कपन अनलाइन

काठमाडौं ,साउन ७।

ओखलढुंगा, सोलुखुम्बु र खोटाङका सांसदहरूले हर्कपुर होल्डिङ सेन्टरलाई व्यवस्थित बनाउन स्वास्थ्यमन्त्रीसँग माग गरेका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गर्दै सांसदहरुले चतरा होल्डिङ सेन्टर अपाएक भएकाले हर्कपुर होल्डिङ सेन्टरलाई व्यवस्थित बनाएर सञ्चालन गर्न माग गरेका हुन् ।

ओखलढुंगाका संघीय सांसद यज्ञराज सुनुवार, खोटाङका संघीय सांसद विशाल भट्टराई, सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई, प्रदेश सांसद उत्तम बस्नेत, सोलुखुम्बुकै थुलुङ दूधकोशी गाउँपालिकाका अध्यक्ष असीम राईलगायतको टोलीले बुधबार मन्त्री ढकाललाई भेटेर उक्त माग राखेको हो  ।

सांसदहरूको मागलाई स्वास्थ्यमन्त्री ढकालले हर्कपुर होल्डिङ सेन्टर व्यवस्थित बनाउका लागि आवश्यक निर्देशन जतिसक्दो चाँडो अगाडि प्रतिबद्धता  व्यक्त गर्दै तेस्रो मुलकबाट आउनेहरूको हकमा कोरोनाको पीसीआर काठमाडौँमै गर्ने व्यवस्थाका लागि सरकारले तयारी गरिरहेको समेत जानकारी गराएका थिए  ।

तपाइँको प्रतिक्रिया ।