बुढानिलकण्ठ -१० सिद्देश्वरमा पहिरो , दुई घर उच्च जोखिममा
कपन अनलाइन
काठमाडौं , साउन ६।
बुढानिलकण्ठ नगरपालिका वडा -१० सिद्देश्वर मन्दिर क्षेत्रमा पहिरो जादा दुई घरमा गम्भिर क्षेती पुगेको छ।
लगातारको वर्षा पस्चात आएको पहिरोले ति घरहरुको पर्खाल , शेफ्टी ट्यान्की , भर्याङ आदिमा असर पुगेको छ भने एउटा घर भित्र पहिरो पसेको छ।
अहिले ति घरका वासिन्दाहरु अन्यत्र सरेका छन भने सो घटना पस्चात वडा अध्यक्ष नवराज भट्टराईले स्थलगत निरीक्षण गरि नगरपालिकाको बिपद ब्यवस्थापन समिती सङ समन्वय गरेका थिए ।
कमजोर भूगोल , पानी निकासको अभाव र अव्यवस्थित संरचनाका कारण उक्त स्थानमा पहिरो गएको स्थानीयहरुले बताएका छ्न।
तपाइँको प्रतिक्रिया ।