ने.क.पा. (माओवादी) को प्रेस–विज्ञप्ति

हिजो एउटा विदेशी राजदूतको नाङ्गो निर्देशनपछि एमाओवादी नेतृत्वमा रहेको
एमाले, काँग्रेस, संयुक्त मधेशी मार्चा लगायतका दलहरुको कथित सहमतिको
सरकारले आफ्नै सबै मूल्य–मान्यतालाई लत्याउँदै संविधानसभाको म्याद तीन
महिना बढाउने प्रस्ताव संविधानसभा सचिवालयमा दर्ता गराएकोप्रति हाम्रो
पार्टीको ध्यान गम्भीर रुपमा आकर्षित भएको छ ।
जनताको पक्षमा संविधान नबनाएर संविधानसभाको म्याद आफैँ थप्न खोज्ने कार्य
देश लुट्ने र विदेशीको दलाली गर्ने अपराधपूर्ण कार्यको निरन्तरता नै हो ।
अन्तरिम संविधानमा उल्लेखित “जनता नै सार्वभौम हुन्” भन्ने मान्यतालाई
लत्याउँदै फेरि एकचोटी उपहास गरेका छन् ।
संविधानसभाको म्याद थप्ने कार्य जागेको जनतालाई भ्रमित गर्ने तथा थकाउने
र प्रतिक्रियावादी संविधान ल्याउने षड्यन्त्रको नयाँ कडी हो । हाम्रो
पार्टी यस प्रकारको  देशघाती तथा जनघाती कार्यको घोर भत्र्सना गर्दै
सङ्घर्षका उत्रिन सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा हार्दिक अपिल गर्दछ ।
मिति ः २०६९ जेष्ठ १० गते ।

मातृका प्रसाद यादव
संयोजक
केन्दिय तदर्थ समिति
ने.क.पा. (माओवादी)

तपाइँको प्रतिक्रिया ।