वैद्य पक्षलाई पनि चित्त बुझेन म्याद थपको प्रस्ताव

१० जेठ, काठमाडौ । प्राय विरोधका लागी मात्र विरोधका स्वरहरू उचाल्दै आएको वैद्य पक्षले म्याद थपको प्रस्तावमा पनि आफ्नो विरोध जनाएको छ । सरकारका हरेक निर्णयलाई विरोध गरेर आफ्नै पार्टीका उपाध्यक्ष तथा प्रधानमन्त्री डा. बाबुराम भट्टराई सरकारलाई असहयोग गर्दै आएको वैद्य पक्षले संविधानसभाको म्याद ३ महिना थप्ने प्रस्तावप्रति आपत्ति जनाएको हो ।

पार्टी उपाध्यक्ष मोहन वैद्य र महासचिव रामबहादुर थापा बादलले संयुक्त विज्ञप्ति निकालेर सरकारबाट अकल्पनिय ढङ्गबाट आएको म्याद थपको प्रस्ताव आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । ठूला दलहरू संविधान निर्माणका लागी असफल भएकाले वैकल्पिक राजनीतिक निकास खोज्नु पर्ने माग राखेका छन् । उनीहरूले जारी गरेको विज्ञप्तिमा दलहरूबिच सर्वदलीय राजनैतिक सहमति खोजेर अगाडी बढ्नुपर्ने उल्लेख गरिएको छ।
उक्त विज्ञप्तिमा बैद्य पक्षले जेठ १४ मा जनसंविधानको माग गर्दै थालिएको आन्दोलनका कार्यक्रमहरु हालको लागि स्थगित गरिएको समेत जनाएको छ ।
तपाइँको प्रतिक्रिया ।