संविधानसभाको म्याद थप प्रति सुशिल कोइराला असहमत

९ जेठ,काठमाडौ। ‘रिजर्भेसन’ सहित संविधानसभाको म्याद तीन महिना थप्न सहमति जनाएको काँग्रेस त्यसबाट पछि हट्ने संकेत देखीएको छ। कांग्रेस  सभापति सुशिल  कोइरालाले आफ्नै निवासमा पत्रकार सम्मेलन गरी संविधानसभाको म्याद थपको विरोध गरेका छन्।

कोइरालाले जेठ १४ भित्रै सहमति गरेर संविधान बनाउनु पर्ने भन्दै कुनैपनि हालतमा संविधानसभाको म्याद थप्न नसकिने बताएका हुन् ।  दलहरुबीच बैठकपछि काँग्रेसकै नेता बिमलेन्द्र निधिले ‘रिजर्भेसन’ सहित तीन महिना म्याद थप्नका लागि सहमति जनाएको बताएका थिए । उक्त सहिमतिकै आधारमा सरकार म्याद थपको लागि अघि बढेको छ।स्वतन्त्र न्यायालयमाथिको हस्तक्षेप भएको कारण दिँदै  कोइरालाले यस्तो प्रस्तावमा आफु सहमत हुन नसक्ने बताएका हुन्।
तपाइँको प्रतिक्रिया ।