मालपोत कार्यालय चाबहिलका तत्कालीन नासु श्रेष्ठ उपर भ्रष्टाचारको आरोप-पत्र दायर

मालपोत कार्यालय चाबहिलका तत्कालीन नासु श्रेष्ठ उपर भ्रष्टाचारको  आरोप-पत्र दायर

कपन अनलाइन

काठमाडौं ,साउन १ ।

मालपोत कार्यालय चाबहिलका तत्कालीन नासु श्रेष्ठ उपर भ्रष्टाचारको आरोप-पत्र दायर गरिएको छ।

मालपोत कार्यालयहरु ललितपुर, कलंकी, भक्तपुरसमेतमा सेवाग्राही तथा सेवा प्रदायक बीचमा घुस रिसवत लेनदेन गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा मालपोत कार्यालय चाबहिलका तत्कालीन नासु चन्द्र बहादुर श्रेष्ठले सेवाग्राहीको जग्गा लिलामी सम्बन्धी विषयको जानकारी दिन निजसँग घुस रिसवत माग गरेको तथ्य पुष्टि भएकोले आरोप पत्र दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ।

उनलाई  भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) मा परिभाषित कसुर गरेको देखिएको हुँदा निजलाई बिगो रु. १,५००।– (पन्ध्र सय) कायम गरी सोही ऐनको दफा ३ को उपदफा १ र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय गरी सोही दफा ३ को उपदफा (१) बमोजिम बिगो असुल गरी जफत गरी पाउन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको हो  ।

तपाइँको प्रतिक्रिया ।