नेपाली कांग्रेसका नेता रामहरी खतिवडाको पहलमा ओखलढुंगाका विरामीलाई आर्थिक सहयोग

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाको पहलमा ओखलढुंगाका विरामीलाई आर्थिक सहयोग

कपन अनलाइन

काठमाडौं ,साउन १।

नेपाली कांग्रेसका नेता रामहरी खतिवडाको पहलमा ओखलढुंगा जिल्ला मानेभन्ज्यांग गाउँपालिका वडा नं ४ का विरामी जिमे तामाङलाई आर्थिक सहयोग गरिएको छ।

नेता खतिवडाको पहलमा संकलन गरिएको १ लाख २३ हजार रुपैया काठमाडौं छाउनीमा रहेको सैनिक अस्पताल पुगेर विरामीलाई हस्तान्तरण गरिएको थियो।

सैनिक अस्पतालमा उपचार गराइरहेका तामाङलाई आर्थिक संकट परेको जानकारी आए संगै विभिन्न महानुभावहरुको सहयोगमा सो रकम संकलन गरि हस्तान्तरण गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।