सिन्धुपाल्चोकमा बाढी र पहिरो

सिन्धुपाल्चोकमा बाढी र पहिरो

कपन अनलाइन

काठमाडौं असार २५ ।अविरल बर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले करिब एक दर्जन घर बगाएको छ । कम्तिमा १६ जना मानिस वेपत्ता भएका  छन् । हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान  गरिएको छ । अरनिको राजमार्ग अन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।

उद्धारका लागि निस्किएको नेपाली सेना र नेपाल प्रहरी  परिचालित भए पनि उद्दारमा   कठिनाइ भएको  प्रहरीले जनाएको छ  ।अविरल वर्षाका कारण बाह्रबिसे नगरपालिका जम्बुको ठाडोखोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकाका १५ घर बगाएको र केही व्यक्ति सम्पर्कविहीन भएको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार बाह्रबिसेमा राति साढे १२ बजे भोटेकोशी नदीको जलसतह ०.५ मिटर घटेर १२:५० बजे एक्कासी १.१ मिटर बढेको थियो ।माथिल्लो तटीय क्षेत्रमा भोटेकोशी केहीबेर थुनिएको र बाँध फुटेर आकस्मिक बहाव आएको हुन सक्ने अनुमान बाढी सूचना केन्द्रले गरेको छ ।केन्द्रले भोटेकोशी–सुनकोशी नदी तटीय क्षेत्रमा विहान १० बजेसम्मै सतर्कता अपनाउन आग्रह गरेको छ ।’सभामुख अग्निप्रसाद सापकोटा सहितको टोली हेलिकप्टरमार्फत काठमाडौंबाट सिन्धुपाल्चोक जाने तयारीमा  छन  ।

फोटो :राम बहादुर सुनार

तपाइँको प्रतिक्रिया ।