मानव र मानवता: प्रियांकुश गौतम (कविता)

मानव र मानवता: प्रियांकुश गौतम (कविता)

कपन अनलाइन

काठमाडौं ,असार २५।

काठमाडौं महानगरपालिका वडा नं ९ बत्तीसपुतली निवासी प्रियांकुश गौतम पाठशाला नेपाल फाउन्डेसनमा कक्षा १० मा अध्ययनरत रहेका छन। गौतमको आज परेको  जन्मदिनको अवसरमा मानव र मानवता कविता यहाँ प्रस्तुत गरिएको छ।

                      मानव र मानवता 

मानव नै हुन् संसारलाई सुन्दर रूपमा प्रस्तुत गर्ने

मानव नै हुन् मानवताको गुण असल रूपमा प्रस्तुत गर्ने

मानवता नै हो जसले हामीलाई अरू प्राणीभन्दा भिन्न बनाउँछ

यहि मानवता नै हो जसले हामीलाई हाम्रो पहिचान दिलाउँछ।

 

खैत त्यो मानवता जब भोकोको पेट भर्न सकिन्न,

खैत त्यो मानवता जब नाङ्गोको लाज ढाक्न सकिन्न,

कसैको चित्त दुखाउन कहाँ पाइन्छ र यति उच्च स्थानमा बसेर,

पशु भनि हात उठाउन कहाँ पाइन्छ र मानवको ताज शीरमा बोकेर।

 

प्रतिकूल भाव त्यागी अनुकूललाई अगाल्न सके

मानव र मानवबिचको सम्बन्धलाई सुमधुर बनाउन सके!

के हुँदैन थियो होला यो संसार सुन्दरमय,

के हुँदैन थियो होलान् प्रकृति र अरू प्राणी आनन्दमय।

 

धन्य छ तिनका जीवन जो मानवताको अर्थ सामार गर्न जुटेका छन्

धन्य छ तिनका जीवन जो मानवको लागि अहोरात्र खटेका छन्

म पनि यसो बाटो खोजीरहेको छु ती हातलाई चुम्ने

कलमको साहारा लिएर मानव हितमा विश्व ब्रह्माण्ड घुम्ने।

तपाइँको प्रतिक्रिया ।