लायन्स क्लब अफ काठमाडौं माकलबारीको मधुमेह परिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

लायन्स क्लब अफ काठमाडौं माकलबारीको मधुमेह परिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं असार २३ । गोकर्णेश्वर नगरपालिकाको माकल बारी सानो पुलमा  निशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ ।असार १८ गते बिहिबार लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं माकलबारीको आयोजना तथा बिराजी मेडिकल माकलबारी को प्राबिधिक सहयोगमा निशुल्क मधुमेह परिक्षण गरिनुको साथै मधुमेह रोग सम्बन्धि परामर्श समेत प्रदान गरिएको थियो ।

 लायन वर्ष २०२१/२२को सुरुवात को अवसर पारेर  डिस्ट्रिकले सेवाको बिभिन्न कार्यक्रम आयोजना गरि मनाउन गरेको आग्रह अनुसार लायन्स क्लबले सप्ताह ब्यापी बिभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । सोहि क्रममा  लायन्स क्लब अफ काठमाडौं माकलबारीले मधुमेह परिक्षण कार्यक्रम राखेको हो ।उक्त शिविरमा करिब १ सय ५० जनाले मधुमेह  परिक्षण गराएको जोन चियर पर्सन एबम लायन्स क्लब अफ काठमाडौं माकलबारीका वर्ष २०१९/२० का प्रेसिडेन्ट लायन राजेन्द्र कोइरालाले बताए ।

मधुमेह एक दिर्घ रोग हो र यदि मधुमेह समयमा नै नियन्त्रण गर्न सकिएन भने यसले दिर्गकालिन जटिलताहरु निम्त्याउछ र यि जटिलताहरु भइसके पछि यसबाट छुट्रकारा पाउन सकिन्न र यसले स्वास्थमा गम्भिर असर गर्दछ । त्यसैलाइ मध्यनजर गर्दै समयमा नै मधुमेह पहिचान गर्नको लागि सहज होस् भनेर क्लबले मधुमेह परिक्षण कार्यक्रम आयोजना गरिएको बताए ।

उनले  यस्ता खालका शिविर ग्रामिण भेगमा लैजान सकेमा अझै यसको प्रभाव वढ्ने  हुँदा क्लबले आगामी दिनमा येस्ता कार्यक्रमलाइ ग्रामिण भेगमा गर्ने योजना रहेको पनि बताए ।सन्तुलित खानपान संगै को विलासी जीवनका कारण मधुमेह रोगि बढ्दै जान थाले पछि त्यसलाई रोकथाम गर्नको लागि चेकजाँच सहित सचेतनामुलक कार्यक्रम आयोजना गरिएको उनले  बताए ।

  उक्त मधुमेह परिक्षण कार्यक्रमम लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ इमिडेट पास्ट प्रेसिडेन्ट लायन अनन्त प्रसाद भेटुवाल, डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्मा गुरुङ पुर्व डिस्ट्रिक गभर्नर लायन कुमार राज सुवेदी, लायन धर्म शरण श्रेष्ठ, लायन पेमाछिरी शेर्पा, लायन पूर्ण तामाङ, लायन बिनितराज अर्याल,लायन शर्मिला भट्ट, लायन रोशन बाबु श्रेष्ठ, लायन्स क्लब अफ काठमाडौं गोकर्णेश्वरका वर्तमान प्रेसिडेन्ट लायन सुमन तिवारी, लायन्स क्लब अफ काठमाडौं माकलबारीका वर्तमान प्रेसिडेन्ट लायन भिष्म रायमाझी, बिभिन्न संघ सस्थाका प्रतिनिधि,  लगायत  स्थानीयको उपस्थिति रहेको थियो।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।