लायन्स क्लव अफ काठमाडौं आरम्भ देउरालीको प्रेसिडेन्टमा कल्पना घिमिरे

लायन्स क्लव अफ काठमाडौं आरम्भ देउरालीको प्रेसिडेन्टमा कल्पना घिमिरे

कपन अनलाइन

काठमाडौं ,असार २३।

लायन्स क्लव अफ काठमाडौं आरम्भ देउरालीको प्रेसिडेन्टमा कल्पना घिमिरे चयन भएकी छन। लायन्स क्लव इन्टरनेसनल  डिस्ट्रिक ३२५ बि १ अन्तर्गत रहेको सो क्लवले दियालो फुडल्याण्डमा आयोजना गरेको पद हस्तान्तरण कार्यक्रममा लायन वर्ष २०२०/२१ का लागि घिमिरेलाई प्रेसिडेन्टमा चयन गरिएको हो।

टोखा नगरपालिका वडा नं ५ मा वडा सदस्य निर्वाचित घिमिरे प्रेसिडेन्ट रहेको क्लवको फर्स्ट  भाइस प्रेसिडेन्टमा शान्ता पाण्डे रहेकी छन भने सेकेन्ड भाइस प्रेसिडेन्टमा दुर्गा थापा केसी रहेकी छन।हाल तिस जना सदस्य रहेको क्लवको सेक्रेटरीमा भगवती तिमल्सिना सापकोटा र ट्रेजररमा यमकुमारी  रानाभाटलाई चयन गरिएको छ।

२२ जना सदस्यहरुलाई आजीवन सदस्यता प्रदान गरिएको सो कार्यक्रममा  LCIF बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथि रहेका थिए भने आइपीडिजी (IPDG)  ईन्दु लम्साल ,डिस्ट्रिक गभर्नर  मन बहादुर रोक्का सहित लायन लिडरहरुको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।