नेपाल शिन क्योकुशिन कराँते सघंको गुरु पुर्णिमा बिशेष कार्यक्रम सम्पन्न  

नेपाल शिन क्योकुशिन कराँते सघंको गुरु पुर्णिमा बिशेष कार्यक्रम सम्पन्न  

कपन अनलाइन

काठमाडौं असार २३ । नेपाल शिन क्योकुशिन कराँते सघंले  गुरु पुर्णिमा  मनाएको छ।  असार २१ गते  दक्षिणकाली नगरपालिका वडा नं १ को बोसन व्हाइट हाउसमा दुइ  चरणमा सम्पन्न कार्यक्रमको पहिलो सत्र  क्योकुशिनका बलिया खेलाडी स्व. बीरमान वाइबाप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो भने कार्यक्रमको दोस्रो सत्रमा गुरु पुजा कार्यक्रम संचालन गरिएको थियो ।

 

किर्तिपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राजेन्द्र बानियाँ प्रमुख अतिथि र नर्थ क्यालिफोर्निया जन सम्पर्क समितिका अध्यक्ष तथा संघका सल्लाहकार पुर्ण ब. शेर्पा विशेष अतिथि रहेको कार्यक्रमको सभापतित्व संघका केन्द्रिय सचिव बिनोद गुरुङले गरेका थिए ।

स्व. बीरमान वाइबाको स्मृतिमा १ मिनेट मौन धारण सहित शुरु  भएको कार्यक्रममा दक्षिणकाली नगरपालिका वडा नम्बर १ का वडा सदस्य महेश तामाङ, देवदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राम घिमिरे,  कार्यबाहक अध्यक्ष कृष्ण चन्द्र बानियाँ, महासचिव तथा ब्रान्चचिफ सुर्य बहादुर बुढाथोकी, क्योकुशिनमा लामो समय देखी आबद्ध हुनुभएका पुर्ण श्रेष्ठ, ज्ञानेन्द्र तिमल्सिना, नवीन केसी, रोहित दियाली, संघका पदाधिकारीहरु, विभिन्न जिल्लाका डोजो प्रमुख, कोच, रेफ्री साथै खेलाडीहरु , विभिन्न विशिष्ठ व्यक्तित्व, समाजसेवी र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

गुरु पुजा समारोहमा लकडाउनका कारण  सरकारले लागु गरेको जोर बिजोर प्रणालीले गर्दा उपत्यका भित्र रहेका गुरुवर्ग तथा खेलाडीहरुको सहभागीता सोचजस्तो हुन नसकेको महासचिव तथा ब्रान्चचिफ सुर्य बहादुर बुढाथोकीले बताए ।

फोटो : दियालो पोस्ट

तपाइँको प्रतिक्रिया ।