ललितपुर महानगरपालिकाका पाँच स्थानमा आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु

ललितपुर महानगरपालिकाका पाँच स्थानमा आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययन शुरु

कपन अनलाइन

ललितपुर,असार २२।

ललितपुर महानगरपालिकाका पाँच स्थानमा आकाशेपुल निर्माणका लागि सम्भाव्यता अध्ययनको मस्यौदामाथि छलफल शुरु भएको छ । ग्रीड इन्डिको मटेरियल टेस्ट जेभीले सो निर्माणका लागि अध्ययन गर्ने भएको हो ।

ग्वार्को, सातदोबाटो, चापागाउँ दोबाटो, एकान्तकुना र पुल्चोकदेखि कुपण्डोल वाग्मती पुल जाने स्थानमा फ्लाइओभर निर्माण गरिने योजना अघि बढाइएको महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, ‘हामीले चक्रपथका चार ठाउँ र वाग्मती पुलसम्म फ्लाइओभर निर्माण सम्भाव्यता अध्ययनको जिम्मा ग्रीड जेभीलाई दिएका छौं । महानगरपालिकाभित्र फ्लाइओभर निर्माण हुनु एक गौरवको कुरा हो ।’

अध्ययनकर्ताबाट सम्भाव्यता अध्ययनको अन्तिम प्रतिवेदन आएपछि सडक विभागसँग छलफल गरेर छिट्टै काम अघि बढाइनेछ । आकाशेपुल निर्माणले सडक दुर्घटना न्यूनीकरण र भद्रगोल ट्राफिक व्यवस्थापन गर्न सहज हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, ‘महानगरपालिकाले फ्लाइओभर गाइडलाइनसमेत तयार पारेको छ । यो गाइडलाइन नेपालमा बनेको पहिलो गाइडलाइन हो ।’

तपाइँको प्रतिक्रिया ।