लायन्स क्लब अफ काठमाडौं माकलबारी र थर्ड आइको सरसफाई कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं,असार २२। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं माकलबारी र लायन वर्ष २०२० /२१मा पहिलो दर्ता भएको नयाँ क्लब लायन्स क्लब अफ काठमाडौं थर्ड आइको संयुक्त आयोजनामा माकलबारी क्षेत्र आसपास आइतबार बिहान सरसफाई गरिएको छ ।
लाईनिष्टिक इएर वर्ष २०/२१ को पहिलो दिनमा डिस्ट्रिक द्वारा बिभिन्न सामाजिक कार्य गर्न आवहान भए अनुसार लायन्स क्लबहरुले संयुक्त रुपमा सप्ताह ब्यापी रुपमा सामाजिक कार्य गर्दै आइरहेका छन ।, सोहि अनुरुप सरसफाई गरिएको लायन्स क्लब अफ काठमाडौं माकाल बारीका प्रेसिडेन्ट लायन भिष्म बिक्रम रायमाझिले कपन अनलाइन लाइ बताए। समाज सेवा गर्न ठुलो काम गर्न नपर्ने सानो सानो कामले पनि धेरै परिवर्तन ल्याउने हुँदा सरसफाई कार्यक्रम आयोजना गरिएको बताउदै उनले कोरोना महामारीको बेला सरसफाईले त्यसको रोकथामका लागि महत्वपुर्ण हुने बताए ।
‘आफ्नो गल्ली, टोल, सडक सफा गरौं । स्वस्थ होऔं । र, भरसक अस्पताल नै कोही जान नपरोस् भन्ने अभिप्रायले आयोजित उक्त सरसफाई कार्यक्रमलाई समुदाय प्रहरी साझेदारी अन्तर्गत सुरक्षाकर्मीले समेत साथ दिएका थिए । कार्यक्रममा बाटोमा जथाभावी फ्याकिएका प्लास्टिक तथा सिसाजन्य फोहोर संकलन गर्नुको साथै जनचेतना जगाउने खालका गतिबिधि समेत गरिएको थियो ।
लायन्स क्लब अफ काठमाडौं मकालबारी र थर्ड आइले लाईनिष्टिक इएर वर्ष २०/२१ को पहिलो दिनमा डिस्ट्रिक द्वारा बिभिन्न सामाजिक कार्य गर्न आवहान भए अनुसार क्लबले संयुक्त रुपमा सप्ताहब्यापी रुपमा बिभिन्न कार्यक्रम गरेको जोन चियर पर्सन एबम लायन्स कलब अफ काठमाडौं थर्ड आइका चार्टर प्रेसिडेन्ट लायन राजन्द्र कोइरालाले बताए ।उनका अनुसार बिभिन्न क्लबहरु संघको सहकार्यमा रक्तदान, मधुमेह परिक्षण, बृक्षारोपण सरसफाई लगायतको कार्यगरि मनाइएको बताए । सरसफाईमा जुटेका लायन्स सदस्यहरुले स्थानीय जनतानै नै जागरुक भई सामाजिक कार्यमा लाग्न प्रेरित गराउने उदेश्य का साथ् उक्त सरसफाई कार्यक्रम आयोजना गरिएको बताए ।
उनले थप्दै भने राम्रो समाज निर्माणका लागि प्रत्येक ब्यक्ति एउटै परिवारको सदस्य जस्तै भइ एकढिक्का भएर सामाजिक सदभाब, भातृत्व प्रेमको भावना रहोस भन्ने उदेश्यका साथ सरसफाई गरिएको बताए सफा समाज नै आफनो पहिचान, परिचय अनि सभ्यता संग गासिएकोले प्रत्येक समाज सफा राख्न जनता स्वयं जिम्मेवार भइ सरसफाईमा लाग्नुपर्ने बताए । कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं माकलबारी र थर्ड आइका लायन्स सदस्यहरु क्रमश लायन रोशन बाबु श्रेष्ठ, लायन श्रीधर अर्याल ,लायन अशोक कोइराला लायन शर्मिला भट्ट, लायन बिष्णु लामिछाने महानगरीय प्रहरी बिट माकलबारीका कार्यलय प्रमुख प्रहरी सहायक निरीक्षक लोकेश गिरि लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
फोटो : सरोज बस्नेत