फूल : दिवाकरप्रसाद आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,असार २१।
हो म बालकै थिएँ ती फूल फक्रदै थिए
लिएँमजा घुमी सदा सुवासको जतिदिए
म घुम्दथें म चुम्दथें ती फूल बाटिका महाँ
रमाउँदै रसाउँदै सुबास पाउथेँ जहाँ
जसै ती पूर्ण रुपले फुले सुबास कम् भए
अनि भ्रमहरु सबै चटक्क छाडी दुर भए
हुँदायसो कती सुके कती झरी मरी गए
कती पराइले टिपे कठै विनाश नै भए
ती शेष पुष्प लौ अहो जति थिए नि बागमा
तिनै पनि म जान्दिन कसो भए गए कता
परन्तु ती कली पनि जति थिए सबै खिले
म देख्छु सामुमा सबै तीआज पूर्व झैं भए
यो सिद्ध भो ममा अब बहार केही वर्षको
समाप्त हुन्छ हेर लौ खिलेर नारी लोकको
सबै स्त्री जती फूलहुन् फुलैसरी ती खिल्दछन्
बहार अन्त भो जसै ती फूल शुष्क बन्दछन्।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।