गौंथली :समिर अधिकारी (कविता )
कपन अनलाइन
काठमाडौं ,असार २१ ।
मेरो सानो घरको सानो कोठाको दलीनमा
गौंथलीले आफ्नो सुन्दर संसार बसाएको छ
देखेर तिनको जीवनलीला
एउटा प्रकृति प्रेमीको आँखामाआँसु रसाएको छ
शरणार्थी भएर पनिकर्मशील र उर्जाशीलपौरखी
तिनको गाथाले यो मनमा प्रेरणा जाग्यो
आफनै मनले आफैंसँग चेतनशिलताको
औचित्यता र अस्तित्वको स्पष्टीकरण माग्यो
न भूतप्रतिगुनासो तिनलाई न भविष्यको चिन्ता
केवलवर्तमानमा मस्त छन्
नराखीफलको आशाकुनै मनमा बस आफ्नो कर्ममा सदा व्यस्त छन्
ती सानाचुच्चाले नजाने कसरी कति टाढादेखि निर्माण सामाग्री जुटाए
हेर्दाहेर्दैअथक परिश्रमले रातारात आफ्नालागि
एउटा सुन्दर महलनै उठाए
प्रेम र समर्पण भावतिनको झन् यो भौतिक संसारमै अनुकरणीय छ
यसै प्रसङ्गमा एउटा घटना मेरालागिजीवनभर अविस्मरणीय छ
सदाझैं चारो खोजी एक साँझपोथी फर्केर घर आइ
नदेखेर भित्रआफ्ना प्राण प्यारा वेदनाले उ छट्पटाइ
सयौं पटकको भित्रबाहिर अनिचिरबिरमा
प्रस्ट अलापविलापझल्किँदै थियो
विछोडको वेदनामा सुस्त सुस्त गरीकन रात पनिपलपल ढल्किँदै थियो
धेरै बेरको प्रतीक्षापछि भाले बल्लआतिँदै हतारिँदै घरमा आयो
गुनासो र विवशता सहित प्रेमालापको
केही बेरको चिरबिरपछि तब गएर शान्ति छायो
दैलामै बसीदुवैले जे ल्याएको बाँडीचुँडी खाइकन
प्रेममालिनभइआफ्नो प्रेममन्दिर भित्रगए
गौंथलीकायीयुगल जोडी मेरा लागि
जीवनअनि प्रेमदर्शनका साक्षात् सजीवचित्रभए ।