मेलम्चीको सुरुङ परिक्षण गर्न मुख्य द्वारमा पानी हालियो

मेलम्चीको सुरुङ परिक्षण गर्न मुख्य द्वारमा पानी हालियो

कपन अनलाइन

सिन्धुपाल्चोक ,असार २१/दिपक विक्रम देउजा

सिन्धुपाल्चोक जिल्ला बाट काठमाडौं उपत्यकामा खानेपानी ल्याउन निर्माण गरिएको मेलम्ची सुरुङको मुख्य द्वारमा परिक्षणका लागि पानी हालिएको छ।

सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश प्रसाद ढकाले स्विच थिचेर पानी पठाउने कार्यको उद्घाटन गरिएको थियो।उक्त पानि पठाईए   पश्चात सुरुङका विभिन्न स्थानमा परिक्षण गरिनेछ।

यो परिक्षणका क्रममा करिव १५ दिनमा पानी काठमाडौं पुग्ने र यसले सुरुङ क्षेत्रमा गर्नुपर्ने सुधार र कमजोरी पत्ता लाग्ने प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन।

काठमाडौँतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो । हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।