सहयोगी महाविद्यालय गोकर्णेश्वरको स्नातक तहमा अध्ययनरत “बुहारी र छोरीहरुलाई” शैक्षिक सामग्री प्रदान

सहयोगी महाविद्यालय गोकर्णेश्वरको स्नातक तहमा अध्ययनरत “बुहारी र छोरीहरुलाई” शैक्षिक सामग्री प्रदान

कपन अनलाइन

काठमाण्डौ असार २१ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित सहयोगी महाबिद्यालयको स्नातक तहमा अध्ययनरत छात्राहरुलाई  शैक्षिक सामग्री वितरण गरिएको छ ।घरको काम गरेर पनि उच्च शिक्षा अध्ययन गरिरहेका ४२ जना बुहारी एवं छोरीहरुलाई सहयोग स्वरुपकिताब, कापी, झोला लगायत शैक्षिक सामग्री दिइएको हो ।शुक्रबार एक कार्यक्रमका बीच  गोकर्णेश्वर नगर उपप्रमुख नेपाल, वडा नं २ का अध्यक्ष कृष्णबहादुर पण्डित क्षेत्री, सहयोगी महाविद्यालय सञ्चालक समितिका अध्यक्ष न्हुच्छेनारायण श्रेष्ठ, क्याम्पस प्रमुख प्रेमबहादुर श्रेष्ठ लगायतको उपस्थिति मा शैक्षिक सामग्री वितरण गरिएको हो ।

 गोकर्णेश्वर नगरपालिकाको महिलासँग उपप्रमुख कार्यक्रम अन्तर्गतको बजेटबाट शैक्षिक सामग्री वितरण गरिएको हो । महिलासँग उपप्रमुख शीर्षकमा चालु आर्थिक वर्षमा विनियोजन गरिएको रु ३० लाख बजेटबाट नगरपालिकाका नौ वटै वडामा आय आर्जनमूलक कार्यक्रम सञ्चालन गरेर बाँकी रहेको बजेटले शैक्षिक सामग्री वितरण गरिएको गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपालले जानकारी गराइन  । आयआर्जन कार्यक्रम अन्तर्गत कौसी खेती, अचार बनाउने, जुत्ता सिउने, विभिन्न सामान बुनाईलगायत सीपमूलक तालिम दिइएको नगरपालिकाले जनाएको छ । नगर क्षेत्रका करिब ३०० महिला यो तालिममबाट घरमै बसेर स्वआर्जन गर्न सक्षम भएका छन् ।

वडा नं २ र ४ ले पनि कार्यक्रमका लागि रु एक एक लाख सहयोग गरेको जनाइएको छ । नगरपालिकाकै सहयोगमा स्नातक तहमा अध्ययनरत सबै छात्रालाई निःशुल्क शिक्षा दिने व्यवस्था समेत मिलाइएको छ । महाविद्यालयको पूर्वाधार निर्माणका लागि पनि नगरपालिकाले चालु आर्थिक वर्षमा रु ४० लाख बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षमा पनि महिलासँग उपप्रमुख कार्यक्रमलाई निरन्तरता दिने भएको  छ ।कार्यक्रममा बोल्ने बक्ताहरुले धन्यवाद दिदै निःशुल्क शैक्षिक सामग्री वितरणले महिला शिक्षामा योगदान  पुग्ने बिश्वास ब्यक्त गरेका थिए   ।

तपाइँको प्रतिक्रिया ।