अनलाइन कक्षाको पहुँचमा छैनन बालबालिका
कपन अनलाइन
काठमाडौं ,असार १३/गोविन्द बिक
कोरोना भाइरस अर्थात कोभिड १९ संक्रमण फैलिइने त्रासका कारण सरकारले गरेको लकडाउनमा परेर विद्यालय स्तरमा अध्ययन गर्ने करिब ८० लाख बालबालिकाहरु घरमा नै थुनिएर बस्नुपरिरहेको छ । मुलुकमा लकडाउन भएपछि आमबालबालिकाहरु अहिले घरको कोठामा सिमित भएका छन । बालबालिकाहरु विद्यालयजाने व्यग्र प्रतिक्षामा छन भने अभिभावकहरु आफना बालबालिकाहरुको शिक्षाको भविश्य नै के होला भन्ने चिन्तामा छन।कोरोना संक्रमणको संख्या तिब्र भइरहेको अवस्थालाई हेर्ने हो भने पनि विद्यालयहरु खुल्ने अनिश्चिताको समय लम्बीएला जस्तो छ ।
बालबालिकाहरुको शिक्षालाई बैकल्पिक विधिबाट शिक्षण गर्नका निम्ती शिक्षा क्षेत्रका विज्ञहरुले विभिन्न विकल्पहरु सरकारलाई सुझाएका थिए । विद्यार्थीहरुको अवस्था पहिचान गरी अनलाइनबाट, रोडियो, टेलिभिजन, पत्रपत्रिका लगायतका माध्यमबाट असार एक गतेदेखि देशभरका स्थानीय सरकारहरुको समन्वायमा कक्षा सुरु गरिएको सरकारले जनाएको छ ।
सरकारले बैकल्पिक विधिबाट सबै बालबालिकाहरुको कक्षा सन्चालन गर्न निर्देशिका नै जारी गरेर बैकल्पिक विधिबाट कक्षा चलाउन थालिएको भनेको छ ।केही संस्थागत विद्यालयहरुले अनलाइन कक्षा चलाउनका लागि बालबालिकाहरुको भर्ना गर्नु पाउनु पर्ने माग राखी शिक्षामन्त्रीकामा ज्ञापन पत्रनै लिएर गएको पनि सुनिएकै हो ।
संस्थागत विद्यालयहरुमा अध्ययनगर्ने केही बालबालिकाहरु अनलाइन कक्षामा पहुँच राख्ने हैसियतमा नभएका होइनन तर करिब ६८ प्रतिशत भन्दा बढी बालबालिकाहरु सामुदायिक विद्यालयमा अध्ययन गर्छन भने उनीहरुले अनलाइन कक्षामा पहुँचको विषय पेचिलो बनेको छ । अहिले सरकारले सञ्चालन गरेको भनेको वैकल्पिक कक्षामा अधिकांस बालबालिकाहरु सहभागी नभएको भन्ने खबरहरु त्यत्तिकै छन ।कतिपय ठाउमा रेडियो तथा टेलीभिजनबाट बालबालिबकाहरुको कक्षा सञ्चालन हुने थाहै छैन ।
अधिकांस दुर्गम गाउकाबालबालिकाहरु रेडियो तथा टेलिभिजनको पहुँचमै नभएका खबरहरु पनि सरकारले नथाहा पाएको हैन । विहान खायो वेलुका के खाने भन्ने समस्यामा पिल्सीएका अभिभावकहरुलाई रेडियो र टिभी त धेरै टाढाको कुरा हो । विजुली नभएको ठाउमा कसरी टिभी चल्छ ?
फ्ल्यास रिपोर्ट २०७४ वा उच्च स्तरीय राष्टिय शिक्षाआयोग २०७५ का अनुसार विजुलीको पहुँच हुने जम्मा ३४.७ प्रतिशत छन भने बाकी बालबालिकाहरुले चाही कसरी पढ्ने ?पत्रपत्रिकाको कुरा गरौ भने सरकारले शैक्षिक सत्र सकिन लाग्दा पनि विद्यार्थीका हातमा पुस्तक नपुगेको तितो यार्थाथ हामी कसैले पनि विर्सेका छैनौ भने अब पत्रपत्रिकाको त कुरा के गर्नु । दुरदराजका बालबालिकाहरुकामा पुग्न नै दिनहु पैदल हिडनु पर्ने अवस्थामा बालबालिकाहरुलाई उपयोगी सामग्री छापेर उनीहरु समक्ष पुर्याउन त्यत्ति सहज भने पक्कै छैन ।
अर्को कुरा प्रविधिमैत्री सामुदायिक विद्यालय कती छन? प्रविधिमैत्री शिक्षक जनशक्ती कती छन? के सरकारले यसको लेखाजोखा गरेको छ त ? खाजाखानकै लागि विद्यालय जाने बालबालिकाहरुसँग कुन ब्रान्डको स्मार्टफोन अर्थात ल्यापटप होला?
विहान वेलुका मजदुरी गरेर छाक टार्ने अभिभावकहरुको घरमा कुन स्पिडको इन्टरनेट सेवा जडान गरिएको छ ? कति अभिभावकहरु इन्टरनेटको पहुचमा छन ? कक्षा कोठामा गएर कितावका पाठ भट्याउने शिक्षकहरुले अनलाइन कक्षामा कस्तो शिक्षण विधीको प्रयोग होला?कक्षा बङक गर्ने बालबालिकाहरु अनलाइन कक्षामा कसरी हाजिर होलान?
फ्ल्यास रिपोर्ट २०७४ वाउच्च स्तरीय राष्टिय शिक्षा आयोग २०७५ को रिपार्टलाई आधार मान्ने हो भने पनि सामुदायिक विद्यालयमा सिकाइमा कम्प्युटर पहँच १२.४१ प्रतिशत, इन्टरनेटपहुँच १२.६७प्रतिशत मात्र रहेको उल्लेख छ ।
संस्थागत विद्यालयहरुलाई मध्यनजर गर्दै सरकारले अनलाइन कक्षाको हल्ला गर्नु व्यवहारिक थिएन र छैन । अनलाइन कक्षाको लागि ल्यापटप नै नभएपनि स्मार्ट फोन त अवस्य चाहिन्छ तर सबैसँग स्मार्ट फोन, इन्टरनेटको पहुच छैन भन्ने कुरा सरकारलाई थाहा नभएको पनि हैन ।
संस्थागत विद्यालयहरुका संरक्षक तथा सन्चालकमा माथिल्लो तहका नेताहरुकै नजिकका मान्छेहरु छन र नेताहरुका छोराछोरी एंव नेताका आफन्तका छोराछोरीहरु पनि धेरै जसो संस्थागत विद्यालयमा नै अध्ययन गर्छन । यसकारण संस्थागत विद्यालयहरुलाई अनलाइन कक्षाका नाममा बालबालिकाहरु भर्ना गर्ने र अभिभावक सँग चर्को शुल्क असुल्ने बाटो खोलिदिएको छ ।
कोरोनाले गर्दा आमनागारिकको दैनिक जिवन नै भद्रगोल भएको छ । यस अवस्थामा कोरोनासँग लडदै जिवन जिउने विकल्पको खोजी भइरहेका बेलामा शिक्षामा पनि बालबालिकाहरुलाई मनोवैज्ञानिक रुपमा मजबुद बनाउने सहितको बैकल्पिक सिकाइका उपायहरु खोजिनु कुनै नौलो विषय होइन तर वैकल्पिक सिकाइका लागि आवश्यक पूर्वाधार विकासको विषय महत्वपूर्ण हो । विगतमा पनि दुर शिक्षाको अभ्यास भएकै हो तर त्यसमा पनि बालबालिकाहरुको उत्साहजनक सहभागिता खासै देखिएन । सरकारले बैकल्पिक कक्षा सिकाइका लागि आवश्यक पुर्वधारमा कहिलै पनि ध्यान दिएन । परम्परागत सिकाइ पद्धतिलाई नै सरकारले अबलम्बन गर्दै गइरहयो । प्रविधिको विकासले फडको मारेको छ तर प्रविधिमैत्री सिकाइ व्यवस्थापनका लागि सरकारले मतलबै गरेन । प्रविधिको पहुचमा बालबालिकाहरुलाई पुर्याएर अनलाइन सिकाइको अभ्यास गराउन सरकार चुक्दै आइरहेको अवस्थामा अहिले अनलाइनकक्षा कसरी सार्थक सिद्ध हुन सक्छ ?सामुदायिक विद्यालयहरुको सिकाइ गुणस्तरमा व्यापक प्रश्नहरु अहिले पनि उब्जीराखेको छ।
शिक्षा व्यवसायमुखी भएर मौलाउदै गइरहेको छ । संस्थागत र सामुदायिक गरी दुई किसिमको जनशक्ती उत्पादन गरिरहेको छ शिक्षाले । संस्थागत र सामुदायिक विद्यालयहरुको बिचमा राज्यले नै भेद खडा गरिदिएको कुरामा दुईमत छैन । संविधानको ५१ ज को क ले भनेजस्तो शिक्षाजनमुखी, बैज्ञानिक व्यवहारिक तथा उत्पादनसँग जाडिने कुरालाई सरकारले जोड दिएको पाइदैन ।
बर्षामास सुरु भएपछि गाउतिर खेतीपाती लगाउने चटारोमा छन अभिभावक टिभी तथा रेडियो हुने बालबालिकाहरुले पनि रेडियो र टिभीमा पढाएको केही नबुझेको कुरा बताइरहेका छन । रेडियो सुन्ने बालबालिकाहरुमा बानीनिकै कम पाइन्छ । स्मार्टफोन हुने बालबालिकाहरुको ध्यान पनि फेसबुक तिर नै हुन्छ ।
९, १० कक्षाका विद्यार्थीहरुलाई त अनलाइन कक्षामा हाजीर गराउन सकस देखिदैछ भने १, २ कक्षाका बालबालिकाहरुका लागि त अनलाइन कक्षा झनै चुनौति छ । त्यसैले बालबालिकाहरुले रुचीराख्ने सञ्चारका माध्यमहरु पहिचान गरी सोहीअनुसार सिकाइमा सहायक हुने कार्यक्रमहरु बनाएर बेलुकाको समय मिलाएर प्रसारण गर्ने सामाजिक सञ्जाल मार्फत श्रव्य दृष्य सामग्री उपलब्ध गराइदिने र बालबालिकाहरुलाई विषय शिक्षकको फोन नम्बर उपलब्ध गराएर अन्तरक्रिया गराउन गराउने । शैक्षिक सत्र ढिलै सुरु भएपनि लामा विदाहरु घटाएर पनि शैक्षिक सत्र पूरा गर्न सकिएला । सबै बालबालिकाहरुको हातमा पाठयपुस्तक उपलब्ध गराएर स्थानीय स्वयमसेवक शिक्षक जनशक्तीहरुलाई सहजीकरण गराउन पनि त सकिएला । बालबालिकाहरुलाई स्टोरीटेलीङका कुरा बालबालिकाहरुको पहुचमा रहेका र बालबालिकाहरुले रुची राख्ने सामाजिक सन्जाल मार्फत उपलब्ध गराएर उनीहरुलाई सहयोग गर्न सकिन्छ ।
बालबालिकाहरुलाई मनोबैज्ञानिक रुपमा मजबुद बनाउन सके पनिअहिले ठूलै उपलब्धी मान्नु पर्दछ । उनीहरुलाई अभिभावकहरुले विभिन्न घरायसी क्रियाकलापहरुमा सहभागी गराएर व्यवहारिक ज्ञान सिकाउन सकिन्छ । किताव पढन नसक्ने अभिभावकहरुले व्यवहार पढेका हुन्छन । सो कुराको बारेमा बालबालिकाहरसँग अभिभावकले छलफल गर्न सक्छन । त्यसैले अनलाइन कक्षाको हल्लाले हुदाखाने विद्यार्थी र अभिभावकहरुलाई मानसिक रुपमा तनाव थुपारी दिनु कुनै एङगल बाट पनिबैज्ञानिक तथा व्यवहारिक देखिदैन । त्यसकारण पूर्वाधार विनाको अनलाइन कक्षा हुदा खाने बालबालिकाहरुका लागि आकासको फल हुदैछ ।