टोखा नगरपालिकाका सबै वडामा योग -ध्यान केन्द्र निर्माण हुने
कपन अनलाइन
काठमाडौं ,असार १२।
टोखा नगरपालिकाले सबै वडाहरुमा योग -ध्यान केन्द्र तथा ब्यामशाला निर्माण गर्ने भएको छ। नगरपालिकाको सातौ नगर सभामा प्रमुख प्रकास अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा नगरवासीको शारीरिक र मानसिक स्वास्थ्यका लागि विभिन्न संघ संस्थाहरु संगको सहकार्यमा ति संरचना निर्माण गरिने उल्लेख गरिएको छ।
त्यस्तै टोखा नगरपालिकाले प्रसुती पोषण तथा मेयर स्वास्थ्य कार्यक्रम संचालन गर्ने योजना ल्याएको छ भने महिला स्वास्थ्य सुधारका लागि उपप्रमुख संग महिला कार्यक्रम संचालन गर्ने जानकारी दिएको छ।
नगरपालिकामा संचालन भएका निजि अस्पताल र स्वास्थ्य संस्थामा नगरवासीलाई १५ प्रतिसत छुटका लागि समन्वय गर्ने योजना ल्याएको टोखा नगरपालिकाले प्रदेस सरकार संगको सहकार्यमा प्रदेस स्तरीय प्रयोगशाला स्थापना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ।
तपाइँको प्रतिक्रिया ।