टोखा नगरपालिकामा तिन वर्षमा १०६ उजुरी परे
कपन अनलाइन
काठमाडौं ,असार १२।
टोखा नगरपालिकामा तिन वर्षमा १६ वटा उजुरीहरु परेको छ। हरेक सोमवार बिहान १० बजे देखि ५ बजे सम्म चल्ने टोखा नगरपालिकाको इजलासमा आव २०७४/७५ मा ३१ , २०७५/७६ मा ३६ र २०७६/७७ मा ३९ वटा उजुरी परेको थियो।
नगरपालिकाको सातौ नगर सभामा उपप्रमुख ज्ञानमाया डंगोलले प्रस्तुत गरेको प्रतिवेदनमा २४ वटा मुद्दा फैशला गरिएको छ भने २० वटा मेलमिलाप गरिएको छ।
टोखा नगरपालिकाका सबै वडाहरुमा मेलमिलाप कर्ताको व्यवस्था गरेर सामान्य मुद्दा मिलाउने प्रयास गरिएको जानकारी दिदै उपप्रमुख डंगोलले न्याय सम्पादनको अनुभव र ज्ञान अभिवृद्धि गर्नका लागि अवलोकन भ्रमण गरिएको पनि उल्लेख गरेकी छन।
तपाइँको प्रतिक्रिया ।