शंखरापुर नगरपालिका ८ का ५ बर्षीय बालकमा कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं असार १२ शंखरापुर नगरपालिका वडा नं. ८ स्थायी घर भै हाल कागेश्वरी मनहरा १ गागल फेदी बस्दै आएका ५ बर्षीय बालकमा काेराेना पाेजिटिभ पाइएकाे जानकारी महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरिक्षक गाेबिन्द पन्थीले जानकारी दिएका छन । हाल उक्त बालककाे पाटन अस्पतालमा उपचार भै रहेकाे पनि जानकारी गराए ।
तिन दिन अगाडि ज्वराे आएर जचाउन लगेकाे र अस्पतालबाट तिन दिन पछाडि फेरी आउनु भनी पठाएकाे उक्त बालकलाइ १०४ डिग्री भन्दा बढी ज्वराे आए पछि अस्पतालमा पि.सि.आर परिक्षण गर्दा काेराेना पाेजिटिभ भेटिएकाे बालकका आफन्तले जानकारी गराएका छन ।
ट्राभल हिस्ट्री केहि नभएपनी उक्त बालकमा काेराेना भाइरस कसरी संक्रमण भयाे भनि अध्ययन गरि बालक सँग सम्पर्कमा रहेका परिवार र छरछिमेककाे समेत कागेश्वरी मनहरा र शंखरापुर नगरपालिकाकाे समन्वनयमा पि.सि.आर परिक्षण गरिने शंखरापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चापगाइले जानकारी गराए । अन्यकाे पनि पि.सि.आ र परिक्षणकाे नतिजा नआए सम्म सर्तकता अपनाउन उनले आग्रह गरेका छन ।
सौजन्य : शंखरापुर न्युज